mobile

महिलाका नाममा जग्गा लिने बढ्दै

By RSS on Feb 21,2019 - 15:44

मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हँुदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको मनमैँजु मालपोत कार्यालयले जनाएको छ । 

कार्यालयका लेखा शाखाका नायबसुब्बा शेरप्रसाद शर्माका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्गा पास गर्नेको सङ्ख्या वृद्धि भएको छ । अहिले दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रावधान छ । 

आर्थिक वर्ष २०७४÷७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या तीन हजार ९४७, दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ११ र वृद्धवृद्धाको नाममा जग्गा पास गर्ने सात थियो । कार्यालयमा जग्गा नामसारी गरी प्राप्त भएबापत महिलाले रु तीन करोड १६ लाख ७७३ राजश्व छुट पाएका छन् । त्यस्तै दलितका नाममा जग्गा पास गरेबापत रु ६१ हजार ५५४ राजश्व छुट पाएको लेखा अधिकृत विजयप्रकाश गिरीले बताउनुभयो । 

आव २०७४÷७५ को हालसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या एक हजार ७८५ कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबापत महिलाले तीन हजार ९४७ राजश्व छुट पाएका छन् । त्यस्तै कार्यालयमा आव २०७५÷७६ मा अपाङ्गको नाममा जग्गा लिनेको सङ्ख्या छ पुगेको छ । छुटवापतको रकम रु ३५ हजार १५४ रहेको कार्यालयले जनाएको छ । (रासस)

ट्याग -  जग्गा

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img