mobile

पाँचौँ संस्करणको उद्यमशील सम्मेलन हुने

By RSS on Feb 21,2019 - 16:15

यही फागुन १७ गते पाँचाँै संस्करणको एक दिने महिला उद्यमशीलता सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गरी दश वटा प्रदर्शनी कक्षसहितको सम्मेलन हुने जानकारी गराएको हो । सम्मेलनमा चितवन, विराटनगर, कास्की, जनकपुर, कैलाली, सुनसरी र धनगढी जिल्लाबाट २०० उद्यमी महिला सहभागी हुने आयोजक संस्थाको अध्यक्ष जुना माथेमाले जानकारी गराउनुभयो । 

व्यवसायीरुपमा गरिएको कृषि उत्पादन, बाँसबाट निर्माण गरिएको सामग्री, विभिन्न प्रकारका अचार, व्यावसायिक मह फार्मबाट उत्पादन गरिएका मह प्रदर्शनीमा राखिनेछ । उद्यमी महिलाको मिहेनत, सङ्घर्ष तथा सफलताको कथासमेत सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको मुख्य उद्देश्य महिला उद्यमीले भोग्नुपरेको समस्या, प्राप्त गरिएको उपलब्धि, प्रस्तुत गरी उहाँरुको सीप तथा क्षमता अधिवृद्धिमा सघाउ पु¥याउनु रहेको अध्यक्ष माथेमाले भन्नुभयो । कार्यक्रमको सहयोगी संस्थाको रुपमा लक्ष्मी बैंक रहेकाले उक्त दिन बैंकले उद्यमी महिलालाई थप ऊर्जा प्रदान होस् भनी कर्जा योजना पनि उपलब्ध गराइने भएको छ । (रासस) 

ट्याग -  उद्यमशील सम्मेलन ,

SUGGESTED ARTICLES

img
शेयर बजार : दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।


by RSS | May 16

img