mobile

महाप्रबन्धक र सञ्चालक सदस्यद्वारा कार्यालय निरीक्षण

By RSS on Feb 21,2019 - 16:21

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र सञ्चालक सदस्य दयाराम दाहालले आज पोखरास्थित रासस गण्डकी प्रदेश कार्यालय निरीक्षण गर्नुभएको छ । 

निरीक्षणका क्रममा उहाँहरूलाई कार्यालयको विद्यमान भौतिक अवस्था एवं यहाँबाट भैरहेको सेवाप्रवाह लगायतमा कार्यालय प्रमुख प्रभाषचन्द्र झा, उपसमाचारदाता वासुदेव पौडेल, भोलानाथ पौडेल लगायतले जानकारी गराउनुभयो । 

उक्त क्रममा महाप्रबन्धक शर्माले पोखराको भवन जीर्ण अवस्थामा रहेका कारण यसलाई भत्काएर नयाँ बनाउने सम्बन्धमा प्रकृया बढिरहेको जानकारी दिँदै यस सम्बन्धमा चाँडैं नै निष्कर्षमा पुगिने बताउनुभयो । 

सञ्चालक सदस्य दयाराम दाहालले पोखरा कार्यालयमा समाचार सेवाका लागि आवश्यक पूर्वाधार कमी रहेका कारण यसको अविलम्ब व्यवस्थापन गरिने बताउनुभयो । 

निरीक्षणका क्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरे र शाखाका पूर्वअध्यक्ष विष्णु नेपालको पनि सहभागिता थियो । (रासस)

ट्याग -  निरीक्षण ,

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img