mobile

सामसङको पहिलो फोल्डेबल स्मार्टफोन लञ्च  

By Anu Rana on Feb 21,2019 - 16:55

सामसुङ्गले बुधबार आफ्नो पहिलो फोल्डेबल र फाइभ –जी स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको छ । विगत केही महिनादेखि चर्चा हुदैँ आएकोमा कम्पनीले यो स्मार्टफोन लञ्च गरेको हो। ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ हो ।

ग्यालेक्सी फोल्ड चार रंगमा पाइन्छः

ग्यालेक्सी फोल्डमा ६ वटा क्यामेरा रहेको छ । एउटा अगाडि, ३ वटा पछाडि र २ वटा भित्रतर्फ रहेका छन्। ३ रियर क्यामेरा मध्ये एक १६ मेगापिक्सेल र दुई १२–१२ मेगा पिक्सेलका रहेका छन् । भित्रपट्टिको दुई क्यामेरा १०–१० मेगापिक्सेल र फ्रन्ट क्यामेर १० मेगा पिक्सेलको रहेको छ। सामसङको फोल्डेबल फोन एन्ड्रोइड ९ .० भर्सनमा चल्ने छ । यो दुवै भेरियन्ट फोरजी एलटीई तथा फाइभ जीमा उपलव्ध हुनेछ । यो ४ रङहरू ब्ल्याक, सिल्भर, ग्रीन र ब्लू मा उपलव्ध हुनेछ ।

फोल्डेबल फोनमा दुईवटा ब्याट्री राखिएको छ । यसको कुल क्षमता ४३८० एमएएच रहेको छ । फोनमा १२ जीबी को ¥याम तथा ५१२ जीबीको इनबिल्ट स्टोरेज पाउन सकिन्छ । यसलाई बढाउने विकल्प भने राखिएको छैन ।

ग्यालेक्सी फोल्डले एकै पटकमा ३ वटा एपलाई सपोर्ट गर्छ । प्रयोगकर्ताले नेटफ्लिक्समा सिनेमा हेर्दै गुगलको प्रयोग पनि गर्न सक्छन् । साथै टेक्स्ट मेसेजको जवाफ पनि दिन सक्छन् ।

सामसुङ्गले विगत केही वर्षदेखि फोल्डेबल फोनमा काम गरिरहेको थियो । कम्पनीले गत वर्ष नोभेम्बरमा पहिलो पटक यसको स्क्रीनको दृश्य देखाएको थियो । यसपछि गुगलले आफ्नो एन्ड्रोइड सफ्टवेयर फोल्डिङ्ग डिस्प्लेको सपोर्ट गर्ने बताएको थियो ।

यसका साथै सामसुङले ग्यालेक्सी एस १० सिरिजको तीनवटा नयाँ मोडल पनि लन्च गरेको छ ।

ग्यालेक्सी एस१० को तीन मोडल

सामसङले ग्यालेक्सी एस१० सिरिजका तीन मोडल ग्यालेक्सी एस१०ई, एस१० प्लस र एस१० लञ्च गरेको छ । एस१० को फाइभजी भेरियन्ट पनि लञ्च गरेको छ ।

ग्यालेक्सी एस १० ई

ग्यालेक्सी एस१० ईमा ५.८ इन्चको डिस्प्लेको साथमा स्न्यापड्र्यागन ८५५ प्रोसेसर दिइएको छ । यसको रियरमा १६+१२ मेगापिक्सलको ड्युअल क्यामरा र फ्रन्टमा १० मेगापिक्सलको क्यामरा छ । यसमा ३१००मह  को ब्याट्रि छ । यसको ६ जीबी –याम, १२८ जीबी स्टोरेज र ८ जीबी –याम, २५६ जीबी स्टोरेजका साथै दुई मोडल लञ्च गरिएको छ । यसको सुरुवाती मोडलको मूल्य ७५० डलर अर्थात् ८५ हजार रुपैयाँ छ ।

ग्यालेक्सी एस १०

ग्यालेक्सी एस१० मा ६.१ इन्चको डिस्प्ले र स्न्यापड्र्यागन ८५५ प्रोसेसर छ । यसको रियरमा १६+१२+१२ मेगापिक्सलको ट्रिपल क्यामरा र १० मेगापिक्सलको फ्रन्ट क्यामरा छ । यसमा ३४००मह को ब्याट्रि दिइएको छ । यसलाई १२८ जीबी र ५१२ जीबी स्टोरेजको साथमा दुई मोडलमा उतारिएको छ र दुबैमा ८ जीबीको –याम पाइन्छ । यसको सुरुवाती मोडलको मूल्य ९ सय डलर अर्थात् एक लाख बढी छ ।

ग्यालेक्सी एस१० प्लस

ग्यालेक्सी एस१० प्लस प्रिमियम मोडल हो जसमा ६.४ इन्चको डिस्प्ले र स्न्यापड्र्यागन ८५५ प्रोसेसर छ । यसमा पनि रियरमा १६+१२+१२ मेगापिक्सलको क्यामरा र फ्रन्टमा १०+८ मेगापिक्सलको ड्युल क्यामरा छ । यसलाई ८ जीबी –याम, ५१२ जीबी स्टोरेज र १२ जीबी –याम, १ टीबी स्टोरेजसहित दुई मोडलमा पनि उतारिएको छ जसको सुरुवाती मूल्य लगभग एक लाख १४ हजार रुपैयाँ छ । यसमा ४१००मह   को ब्याट्रि दिइएको छ । यी तीनै मोडलको स्टोरेजलाई ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

ट्याग -  फोल्डेबल स्मार्टफोन  

SUGGESTED ARTICLES

img
वाइफाइ सिग्नल कमजोर आयो ? छिटो बनाउन यसो गर्नुहोस्  

घरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ ।  पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् ।


by Anu Rana | Mar 18

img