mobile

बंगलादेशको ढाकामा भिषण आगलागी  

By Anu Rana on Feb 21,2019 - 17:36

बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा ६० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका हुनसक्ने अनुमान लगाएका छन ।

घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन्। अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानको अनुसार राति १० बजपछि आगो लागेको हो। त्यहाँबाट १२ जनाको शव निकालिएको छ। मृतकको सङ्ख्या बढ्न सक्छ। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो।

ढाकाको पुरानो शहरका रासायनिक पदार्थ राखिएको घरबाट फैलिएको आगो आसपासमा फैलिँदा ठूलो मानविय क्षति भएको बताए हुन । महानिर्देशक खानका अनुसार पूर्ण नियन्त्रणपछि भवनमा खोजी गरिनेछ। आगो लाग्नुको कारण आइले सम्म थाहा  नभएको बताए छ्न्।

खानले भने, ‘केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन्। तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ भनेक छन । त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो।’ र उनले साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा अप्ठ्यारो परेको पनि बताए।

आगो निभाउनका लागि ३७ वटा दमकल प्रयोग गरिएको छ। मृतक १२ जनाको शव निकालिएको छ। आगो पूर्ण रुपमा निभाएपछि अरु शवहरु निकालिने बंगलादेशी अधिकारीले जनाएका छन्।

ट्याग -  आगलागी  

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img