mobile

शिखरवार्तामा भाग लिन किम रेल चढेर भियतनाम जाने  

By Anu Rana on Feb 22,2019 - 17:24

विश्वमै शक्तिशाली मानिने उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको शिखर वार्ताको लागि भियतनाम प्रस्तान गर्ने मिति तय भएको भन्दै विवरणहरू सञ्चारमाध्यममा आएका छन्।

आगामी फेब्रुअरी २७ र २८ मा हुने दोस्रो शिखरवार्तामा किम रेल चढेर जाने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । दोस्रो शिखरवार्ता भियतनाम हुने भएको छ । पहिलो शिखरवार्ता सिंगापुरमा भएको थियो ।

किमले आगामी साताको सुरुवातमै आफ्नो यात्रा तय गर्ने भ्एक छन । उनी आगामी सोमबार दक्षिण पूर्वी राष्ट्रहुँदै आफ्नो यात्रा तय गर्ने बताइएको हुन । स्रोतका अनुसार  उनलाई  रेल यात्रामार्फत चीनहुँदै भियतनाम पुग्न करिब ३ दिन लाग्नेछ। तर, उनको विशेष सुरक्षा ब्यवस्थाबारे केही नखुलाउनुको साथै किमको यात्रासम्बन्धी योजनाहरू प्रायः अतिगोप्य भएका सञ्चारमाध्यमले जनाएकाे छ । 

ट्रम्प र किमबीच सिङ्गापुरमा भएको अघिल्लो शिखरवार्ताको योजना पनि यसरी नै रहस्यको गर्भमा राखिएको थियो। हवाईमार्गबाट जाने स्पष्ट भए पनि अन्तिम समयसम्म उनी कुन विमानमा सिङ्गापुरमा अवतरण गर्छन् भन्ने जानकारी दिइएको थिएन।

जापानी र दक्षिण कोरियाली सञ्चारमाध्यमकाे अनुसार किम आफ्नो निजी रेल चढेर प्योङ्याङबाट सीमावर्ती डान्डोङ हुँदै चीन प्रवेश गर्ने र त्यहाँबाट रेलमार्ग हुँदै भियतनाम जाने सम्भावना रहेको पहिला जनाएका छन्।

एनके न्यूजले भने किम सीधै रेलबाट हनोई जाने जनाएकाे छ । उनको रेलयात्राको दूरी ४,१५३ किलोमिटर हुने अनुमान गरेको छ।

 

 

 

 

ट्याग -  शिखरवार्ता ,

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img