mobile

भारतले पाकिस्तान जाने तीनवटा नदीको पानी रोक्ने

By Anu Rana on Feb 22,2019 - 17:22

जम्मू कश्मीरको पुलवामामा पाकिस्तानी आतंकवादी समूहले आक्रमण गरी भारतीय सुरक्षाकर्मी मारेपछि आक्रामक बनेको भारतले पाकिस्तानमाथि यस्तो कठोर नीति लिएको छ, जहाँ भारतले पाकिस्तानमा जाने तीन वटा नदीमा आफ्नो भागमा पर्ने पानी अब रोक्ने भएको भएको छ।

फेब्रुअरी १४ मा जम्मु-कस्मिरको पुलवामामा भएको आतंककारी हमलापछि पाकिस्तानप्रति निकै आक्रामक भइरहेको भारत सरकारले सिन्धु जल सम्झौताअनुसारको पानी रोकेर आफ्नो भू-भागमा ल्याउने निर्णय गरेको हो।

भारत र पाकिस्तानबीच सन् १९६० को १९ सेप्टेम्बरमा सिन्धु जल सम्झौता भएको थियो । सो सम्झौता अनुसार झेलम, चिनाब तथा सिन्धु नदीको पानीमा पाकिस्तानको हक लाग्ने गर्छ । तर भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीले बिहीबार बाँध बनाएर तीन नदीको पानी रोक्ने बताए ।यसरी रोकिएको पानी जम्मू–कश्मी र पंजाबमा फर्काउने कार्यक्रम रहेको बताइएको छ । भारतको यो तेस्रो कडा फैसला हो । यसअघि भारतले पाकिस्तानका मोष्ट फबर्ड नेशनको दर्जा खोसेको थियो ।

त्यसैगरी भारतले पाकिस्तानबाट आउने सामानमा २०० प्रतिशत बढाएको थियो । 

ट्याग -  भारतले पाकिस्तान जाने तीनवटा नदीको पानी रोक्ने

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img