mobile

पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि आईओसीले भारतलाई गर्‍याे कडा कारबाही  

By Anu Rana on Feb 22,2019 - 17:25

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले विश्वकप सुटिङ प्रतियोगिता रोक्न भारतलाई निर्देशन दिएको छ । भारतमा भोलि शनिबारदेखि हुन लागेको सुटिङको विश्वकप रोक्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले निर्देशन दिएको छ । भारतले पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि स्वीट्जरल्यान्डमा बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बैठकले भारतलाई यस्तो निर्देशन दिएको हो ।

पाकिस्तानी खेलाडीलाई भारतमा भिसा नदिएसम्म ओलम्पिकसँग सम्बन्धित प्रतियोगिताहरु आयोजना  हुन नदिने पनि आईओसीले उल्लेख गरेको छ ।

भारतमा हुन लागेको सुटिङमा पाकिस्तानका दुई जना खेलाडी सहभागी हुने तय भएको थियो । जीएम बशीर र खलील अहमद २५ मिटर र्‍यापिड फायर इभेन्टमा भाग लिनका लागि आउन खोज्दा पाकिस्तानी खेलाडी भएकै कारण भारतले भिसा दिन अस्वीकार गरेको थियो ।

जम्मु कश्मिरको पुलवामामा भएको आतंककारी आक्रमणमा परी ४० भारतीय सुरक्षाकर्मी मारिएपछि भारत र पाकिस्तानबीच बड्दै तनाव छ । यसैलाई मुख्य कारण बनाई भारतले पाकिस्तानका दुई खेलाडीलाई आफ्नो देशमा आउन भिसा नदिएको हो ।

यता, नेशनल राइफल एसोसिएशन अफ पाकिस्तानले भारतको यस्तो निर्णयविरुद्ध आईओसीलाई उजुरी दिएको थियो । उजुरी परेसँगै खेलकुदको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भारतको कदम प्रति बहिस्कार गर्दै सबै देशका खेलाडीलाई समान ब्यवहार र राजनीतिक हस्तक्षेप विना प्रतियोगितामा सहभागि गराउनु पर्ने पनि उल्लेख गरेको छ ।

यो काम आईओसीको आचारसंहिताविरुद्ध भएकाले आउँदा प्रतियोगितामा पनि गम्भीर असर पर्ने चेतावनी दिएको छ । योसँगै अन्तर्राष्ट्रिय सुटिङ फेडरेशनले विश्वकपका लागि ओलम्पिकको कोटा पनि हटाएको छ ।

जसको प्रत्यक्ष घाटा भारतलाई नै भएको छ । १६ वटा कोटामध्ये १४ वटा कोटा भारतलाई मिल्ने तय भएको थियो । योसँगै भारतीय खेलाडीलाई पनि ठूलै झट्का लागेको छ ।

 

  

ट्याग -  कारबाही  

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img