mobile

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान नेपालमा

By Anu Rana on Feb 22,2019 - 17:23

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालीन हिजो नेपाल आउनुभएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) गत माघ ३ गते मुख्य प्रशिक्षक नियुक्त गरेपछि योहान राष्ट्रिय टोली सम्हाल्न नेपाल आइपुग्नुभएको हो । योहानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका विदेश विभाग प्रमुख नवीन पाण्डले स्वागत गर्नुभयोको थियो । उहाँलाई करीब दुई वर्षका लागि एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महीना दिएको थियो । सम्झौताअनुसार २०१९ मार्च १ देखि २०२१ फेब्रुअरी २८ सम्म उहाँले नेपाली टोलीको नेतृत्व गर्नुहुनेछ ।

योहानले नेपाली खेलाडीसँग घुलमिल गर्नुका साथै उनीहरू मानसिकता बुझानुको, साथै २३ वर्षमुनिको राष्ट्रिय टिमको प्रशिक्षणमा पनि सहयोग गर्नेछन् । त्यसपछि उनी राष्ट्रिय टिमको विश्वकप छनोटमा क्याम्पमा पनि बस्नेछन् ।

यसअघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।

पर्यटकीय भिसामा नेपालमा काम गर्नुभएका कोजीको श्रम स्वीकृतिलगायतका प्रक्रिया एन्फाले अघि नबढाउँदा उहाँ नेपाल आउन पाउनुभएको थिएन । उहाँको सम्झौता गत डिसेम्बरसम्म थियो । योहानले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकका रुपमा काम गर्नुभएको थियो ।

ट्याग -  राष्ट्रिय फुटबल टोली , प्रशिक्षक योहान ,

SUGGESTED ARTICLES

img
साफ महिला फुटबलमा भारत विजयी

पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ । भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् ।


by RSS | Mar 17

img