mobile

रानीपोखरी कर्नर विजयी

By RSS on Feb 22,2019 - 18:07

शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ । 
सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसीटीले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसीटीको जितमा नवराज गुरुङले गोल गरे । आरसीटीका नवराजले खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक सावित भयो । जीतसँगै आरसीटीले ७ अंक जोडेको छ भने पराजित झम्सिखेलको आठ अंक छ । 

शर्मा एशियन हक्की महासंघको सदस्यमा निर्वाचित 

जापानको जिफु शिमा भएको एशियन हक्की महासंघको कँग्रेस तथा निर्वाचनले नेपाललाई महासंघको नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको छ । 
आज सम्पन्न निर्वाचनले महासंघको कार्यकारी समितिमा नेपाल हक्की संघका बरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मालाई चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको जापानबाट संघका सचिव रन्जन थापाले जानकारी दिनुभयो । महासंघको कँग्रेसले जापानका दातो फुमिओ ओगुराको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारी समिति चयन गरेको छ । (रासस)

ट्याग -  फुटलब ,

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img