mobile

आर्थिक कार्यविधि विधेयक प्रस्तुत

By RSS on Feb 26,2019 - 16:44

प्रतिनिधिसभाको आज बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५’ प्रस्तुत गर्नुभएको छ । उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकमा बहुमतले अस्वीकृत गरेको थियो । 

यसैगरी अर्थमन्त्री डा खतिवडाले बैठकमा प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकले अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १६ गते अपराह्न १ बजे बस्नेछ ।  (रासस)

ट्याग -  बैठक ,

LATEST NEWS

SUGGESTED ARTICLES

img