mobile

विद्रोही समूहको आक्रमणमा परी २० सिरियाली सैनिकको मृत्यु

By Anu Rana on Mar 05,2019 - 14:40

सिरियामा बिद्रोहीले सुरक्षा फौजमाथि गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । सिरियाली विद्रोही समूहको प्रभाव रहेको हामा क्षेत्रमा सुरक्षार्थ खटिएका फौजमाथि भएको आक्रमणमा उनीहरु मारिएका हुन् ।

सेनाले गस्ती गरिरहेको बेला विद्रोही समूहले धावा बोल्दा दुई समूहबीच झडपसमेत भएको थियो । सोही क्रममा पाँच जना ५ जना  विद्रोहीको पनि मृत्यु भएको हामाको ग्रामिण इलाकाबाट युद्ध अनुगमन अधिकारीलाई उद्धृत गर्दै सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिनुभ्एको छ ।

बेलायतस्थित मानव अधिकारवादी उक्त समूहका अनुसार विद्रोहीले सेनाविरूद्धको आक्रमणपछि सेनाको हतियार लुटेर उक्तस्थानबाट भाग्न सफल भ्एका छन् ।

 झडप भएको क्षेत्र गत बर्ष रूस र टर्कीको पहलमा शान्ति क्षेत्र घोषणा गरिएको इलाका हो ।

ट्याग -  आक्रमण , मृत्यु

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img