mobile

नोबेल शान्ति पुरस्कारका लागि म योग्य छैन : इमरान खान

By Anu Rana on Mar 07,2019 - 15:54

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् । आफ्ना जनताले शान्तिको नोबेल सम्मान दिलाउनका लागि देशभरी अनलाइन ‘पिटिशन’ मा हस्ताक्षर अभियान सुरु गरेका बेला इमरानको यस्तो प्रतिक्रिया दिएका हुन् ।

पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका वाइलट विंगर कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु भएको थियो । उनीहरुको तर्क छ, ‘इमरानले भारत पाकिस्तानको युद्धको आशंकालाई टारे र शान्तिको पक्षमा काम गरे ।’

पाकिस्तानी प्रधानमन्त्री इमरानले सोमबार ट्वीट गर्दै भनेका छन्उ म नोबेल शान्ति पुरस्कारका लागि योग्य छैन् । म कश्मीरी जनताको चाहना अनुसार कश्मीर विवाद सुल्झाउने र उपमहाद्वीपमा शान्ति र मानव विकासको लागि मार्ग प्रशस्त गर्ने व्यक्ति हो ।’ नोबेल शान्ति सम्मानको हकदार त्यो हुनेछ, जसले कश्मिरीहरुको इच्छाअनुसार कश्मिर विवाद समाधान गर्छ र पुरै महाद्वीपमा शान्ति र मानवताको विकासको बाटो तयार पार्छ ।’

 यसमा अहिलेसम्म तीन लाख बढीले हस्ताक्षर गरिसकेका छन् । उनीहरुका अनुसार इमरान खानले भारतीय पाइलटलाई रिहा गरेर छिमेकी मुलुक भारतसँगको अत्यधिक तनावलाई कम गरेर आफूलाई एक वरिष्ठ नेता प्रमाणित गरेका छन् ।

गत बिहिबार पाकिस्तानमा ह्याश ट्याग नोबेल प्राइज फर इमरान खान ट्वीटर ह्यान्डलमा ट्रेन्ड भइरहेको थियो । इमरान खानको घोषणापछि मानिसहरुले ह्याश ट्यागसहित ट्वीट गर्न सुरु गरेका थिए ।

ट्याग -  नोबेल शान्ति पुरस्कारका लागि म योग्य छैन : इमरान खान

LATEST NEWS

SUGGESTED ARTICLES

img