mobile

अफगानिस्तान र पाकिस्तानमा मुसलधारे वर्षा  

By Anu Rana on Mar 07,2019 - 15:55

अफगानिस्तान र पाकिस्तानमा मुसलधारे वर्षापछिको बाढीका कारण कम्तीमा २६ जनाको ज्यान गएको छ । मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन्। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनासकारी  बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीले आइतबार जानकारी दिएका छन्। अधिकारीले कम्तीमा दश जना अझै पनि बेपत्ता रहेको जनाएका छन्। 

त्यसैगरी, पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा मुसलधारे पानी परेपछि कतिपय स्थानमा आएको बाढीका कारण ६ को भएको छ । मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका छन् । अधिकारीहरूले कम्तीमा १ हजार ५ सयको उद्धार गरेको जनाएका छन् ।

उक्त बाढीका कारण मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका छन् । उनीहरूको करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा परेर मृत्यु भएको छ । दर्जनौं मानिस घाइते भ्एका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण जनजीवन निकै प्रभावित बनेको जनाइएको छ । वर्षापछिको बाढीका कारण कतिपय बस्ती डुबानमा परेका छन् भने कतिपय घर भत्केका छन् ।

बाढीका कारण कपितय सडक तथा रेलमार्ग डुबानमा परेपछि यातायात समेत अवरुद्ध छ । बस्तीमा पानी पसेपछि भागेर सुरक्षित स्थानमा पुगेका स्थानीय खुला आकाशमुनि बस्न बाध्य भएका छन् । मौसमविद्हरूले नदी किनार र होचो बस्तीमा थप बाढी तथा डुबान हुनसक्ने चेतावनी दिएपछि कैयौं स्थानीयलाई सुरक्षित स्थलतर्फ सारिएको छ ।

ट्याग -  अफगानिस्तान र पाकिस्तानमा मुसलधारे वर्षा  

LATEST NEWS

SUGGESTED ARTICLES

img