mobile

ग्राबको कुल मूल्यांकन १४ अर्ब डलर पुग्यो

By Anu Rana on Mar 07,2019 - 17:01

दक्षिणपूर्वी एशियाली ट्याक्सी सेवा प्रदायक ग्राबको कुल मूल्यांकन १४ अर्ब डलर पुगेको छ । कम्पनीका निकट स्रोतका अनुसार सफ्टबैंकले १ अर्ब ४६ करोड डलर लगानी गरेसँगै कम्पनीको कुल मूल्यांकन बढेको बताएको छ । बुधवार ग्राबले सफ्टबैंकबाट उक्त कोष पाएको बताएको हो ।

ग्राबले टोयोटा, ह्यन्दे मोटर, माइक्रोसफ्ट, फिङ एन क्यापिटल र ओपनहेइमरफन्ड्स कम्पनीबाट ४ अर्ब ५० करोड डलरभन्दा बढी लगानी भित्रयाइएको बताएको छ । कम्पनीका अध्यक्ष मिङ माले एक वक्तव्य जारी गर्दै उक्त कम्पनीको पहिलो चरणको लगानी बढाउने कार्यक्रममा उल्लेख्य मात्रामा लगानी आइरहेको बताउनु को साथै उक्त  कम्पनीको लागि नयाँ लगानीकर्ता पनि ग्राबमा इच्छुक देखिएको उहाको भनाइ रहेको छ्।

आफ्नो प्लेटफर्ममा अन्य दैनिक सेवा थप गर्न तथा वित्तीय सेवा, फूड डेलिभरी, डिजिटल भुक्तानीलगायत सेवा विस्तारका लागि कोषको प्रयोग गरिने ग्राबले बताएको छ । 

ट्याग -  ग्राब ,

SUGGESTED ARTICLES

img
शेयर बजार : दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।


by RSS | May 16

img