mobile

यामाहा एक्सटीजी १२५ मोटरसाइकल अब नेपालमा

By Anu Rana on Mar 10,2019 - 10:40

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपालमा सार्वजनिक गरेको छ ।

‘मेक योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’ नारा सहित सार्वजनिक गरिएको एक्सटीजी १२५ पहिलो पटक नाडा अटो सोको पछिल्लो संस्करणमा प्रदर्शन गरिएको थियो। नयाँ मोटरसाइकलको मूल्य तीन लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

यो मोटरसाइकलले अफरोड मोटरसाइकलको मागलाई सम्बोधन गर्ने एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले बताउनु भयो।

कम्पनीका अनुसार यामाहा एक्सटीजी १२५ मा १२४ सीसीको एअर कुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर (एसओएचसी) इन्जिन रहेको छ जसले ७५०० आरपीएमा अधिकतम १०.२ पीएस पावर र ५५०० आरपीएममा अधिकतम ९ .९ एनएम टर्क उत्पन्न गर्छ । यो कार्बुरेटेड मोटरसाइकलमा ५ स्पिडको गियर बक्स र एयर कलिङ सिस्टम र इलेक्टि्रक तथा किक स्टार्ट उपलब्ध छ । एक्सटीजी १२५ मा १०.६ लिटरको फ्युल ट्यांक छ जसले गर्दा तपाईं लामो अफरोड यात्रामा निस्कन सहज बनाउँछ । नयाँ एक्सटीजी ब्लु, ब्ल्याक र ह्वाइट गरी तीन आकर्षक कलरमा उपलब्ध हुनेछ ।

एक सय १८ केजी वजन भएको एक्सटीजी १२५ को ग्राउन्ड क्लेरेन्स २६० एमएम छ। यसको सिट हाइट ८४० एमएम रहेको छ । यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन छ। पछाडि मानोक्रस सस्पेन्सन रहको छ।

अगाडिको ह्विल २१ इन्चको छ भने पछाडिको १८ इन्चको रहेको छ । दुवै ह्विलमा स्पोक एरेन्जमेन्ट रहेको छ जसले अफरोड यात्रालाई आरामदायी बनाइदिन्छ ।

एक्सटीजी १२५ मा सेमी-रग्ड टायर, हेलोजिन हेडल्याम्प,फ्रन्ट डिस्क ब्रेक र स्पोर्टी ग्राफिक्ससहितको प्लास्टिक प्यानेल रहेका छन् । साथै, यसमा अन्डरसाइड कभर रहेको छ जसले इन्जिनलाई बाह्य क्षति हुनबाट बचाउँछ । राइडरको सहजताका लागि यसमा स्पिडोमिटर र टि्रप मिटरसहितको इन्स्ट्रयुमेन्ट प्यानल, चौडा र बाक्लो कुसन सिट र पछाडि कार्गो बक्स वा अन्य सामान बोक्न मिल्ने गरी बलियो क्यारियर पनि जडान गरिएको छ ।

ट्याग -  यामाहा एक्सटीजी १२५ , मोटरसाइकल ,

SUGGESTED ARTICLES

img
दुबई विमान दुर्घटना: चार जनाको मृत्यु

डीए–४२ नामक चार सिटे विमानमा दुई यात्रु र चालक र सहचालक थिए। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएको यूएईका अधिकारीहरूले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना भएको थियो ।  


by Anu Rana | May 20

img