mobile

टिकटकलाई लाग्यो गम्भीर आरोप  

By Anu Rana on Mar 11,2019 - 12:51

टिकटकमाथि अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ भने  टिकटकले अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोगकर्ताको गोपनियता सम्बन्धमा नयाँ व्यवस्था पनि लागू गर्नुपर्नेछ भ्एको छ्।

अमेरिकाको संघीय व्यापार आयोगले टिकटकद्वारा कम उमेरका बालबालिकाका सामाग्रीहरु समेत विना रोकतोक संग्रहित तथा प्रशारण गर्ने गरेको जनाएको छ ।

स्मरण रहोस् सुरुमा म्युजिकली नामक एपको रुपमा रहेको यो एप पछि टिकटकमा समाहित भएको थियो । आयोगले बालबालिका सम्बद्ध सामाग्रीहरु हटाउन टिकटकलाई आदेश पनि दिएको छ ।

अबदेखि अमेरिकामा टिकटक प्रयोगकर्ताले यस एपमा लगइन गर्नका लागि आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ । यद्यपि अन्य सोसल मिडिया प्लाटर्फममा जस्तै प्रयोगकर्ताको उमेरको प्रमाणिकरण चाहीँ विश्वासको भरमै हुनेछ । अर्थात् प्रयोगकर्ताले आफ्नो उमेर ढाँटेर टिकटकमा लगइन गरेको खण्डमा त्यसको चेकजाँच गर्ने कुनै संयन्त्र हुनेछैन । प्रयोगकर्ताको उमेरको प्रमाणिकरण तत्काल अमेरिकामा मात्र लागू हुनेछ ।

टिकटक सन्२०१८ मा सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको छ । अहिले विश्वमा टिकटकका प्रयोगकर्ताको संख्या १ अर्ब नाघिसकेको छ ।

अमेरिकी संघीय व्यापार आयोगका अनुसार म्युजिकली एपका अमेरिकी प्रयोगकर्ताको संख्या ६ करोड ५० लाख थियो । त्यसको ठूलो हिस्सा कम उमेरका बालबालिकाको रहेको थियो ।

टिकटकको मातृ कम्पनी बाइट डान्सले सन् २०१७ मा म्युजिकली एप खरीद गरेको छ । चिनिया कम्पनी बाइट डान्सले म्युजिकली खरीद गरेसँगै टिकटकमा विलय गराएको थियो ।

टिकटक एपमा प्रयोगकर्ताले छोटो आकारको भिडियो रेकर्ड गर्न, त्यसमा संगीत भर्न र त्यसलाई शेयर गर्न सक्दछन् ।

आयोगले गरेकेा अनुसन्धानका क्रममा म्युजिकली एपमा पूराना प्रयोगकर्ता मध्ये ठूलो संख्यामा १३ वर्षमुनिका रहेको पाइएको छ । उसले त्यस्ता केही अमेरिकी बालबालिकाको टिकटक अकाउन्ट पछिल्लो समयमा अभिभावकको मन्जुरी लिएर निस्त्रिम्य समेत पारिदिएको छ । तर यसरी डिएक्टिभेट गरेका अकाउन्टहरुमा रहेका डाटाहरु वा पोष्ट गरेका भिडियोहरु भने हटाइएको छैन ।

संघीय व्यापार आयोगले म्युजिकली एपले बालबालिकाको अनलाइन गोपनियता संरक्षण म्बन्धी कानून उल्लंघन गर्ने कार्यको फलस्वरुप टिकटिकमाथि जरिवाना लागेको जनाएको छ ।

साथै आयोगले कुनैप्नि बालबालिकाले टिकटक प्रयोग गरेको पाइएमा त्यसबारेमा उनीहरुका अभिभावकलाई जानकारी गराउन तथा बालबालिकाको डाटा कसरी संकलन गरिन्छ र प्रयोग गरिन्छ भन्ने विषयमा सजग हुन समेत टिकटलाई आदेश दिएको छ । 

 

 

ट्याग -  टिकटक ,

SUGGESTED ARTICLES

img
लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो । प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए ।


by RSS | May 15

img