mobile

आउँदै छः तन्काउन मिल्ने स्मार्टफोन

By Anu Rana on Mar 12,2019 - 14:30

विश्वका चर्चित स्मार्टफोन कम्पनीहरू यो वर्ष स्क्रिन फोल्ड गर्न मिल्ने स्मार्टफोन निर्माणमा केन्द्रित भइरहेका बेलामा सामसुङ र हुवावेले आफ्नो फोल्डेबल फोन सार्वजनिक नै गरिसकेका छन् भने यता एप्पलले फोल्डेबल फोनको पेटेन्ट दर्ता गरेको छ र जुनसुकै वेला उसले फोल्डेबल आइफोन ल्याउन सक्दछ ।

फोल्डेबल फोन ल्याउने यो प्रतिस्पर्धालाई चक्मा दिँदै दक्षिण कोरियाली कम्पनी एलजीले तन्काउन मिल्ने फोन बजारमा ल्याउने घोषणा गरेको छ ।

एलजीका अनुसार उसले फोल्डेबल फोन नभै स्ट्रेचेबल अर्थात् तन्काउन र खुम्चाउन मिल्ने लचिलो फोन निर्माणमा काम गरिरहेको छ ।

एलजीले तन्काउने फोनको प्रविधिको पेटेन्ट दर्ता गरिसकेको छ । जसबाट प्रष्ट हुन्छ कि एलजीको उक्त फोन लचिलो हुनेछ र त्यसलाई अगाडि र पछाडि तथा दायाँ बायाँ सबैतर्फ मोड्न अर्थात् तन्काउन सकिनेछ । स्मार्टफोनको डिस्प्लेलाई सबै दिशामा बढाउन तथा घटाउन सकिन्छ । आफुलाई मनपर्ने आकारमा स्क्रिनको साइज मिलाउन पनि सकिनेछ ।

स्मरण रहोस् सामसुङले हालै आफ्नो फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको थियो । त्यसपछि हुवावेले आफ्नो फोल्डेबल फोन मेट एक्स लन्च ग¥यो । पछिल्लो रिपोर्टअनुसार ग्यालेक्सी फोल्डलाई प्रयोगकर्ताले मन पराएमा सामसुङले अरू दुई नयाँ फोल्डेबल स्मार्टफोनसमत ल्याउने तयारी गरेको छ ।

ट्याग -  स्मार्टफोन ,

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img