mobile

नेपाल भाषाको विद्यालय खोलिने

By RSS on Mar 12,2019 - 17:10

शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । 
महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल भाषाबाट पढाउन शुरु गरेको थियो । हाल १० इसिडी सञ्चालनमा छन् । विद्यालयका तल्ला कक्षबाट शुरु गरेर नेपाल भाषालाई माथिल्लो कक्षासम्म पु¥याउने उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत तहमा अभिभावकले चाहँदा आफ्नो भाषामा पढाउन पाउनेछन् ।” 

सामुदायिक विद्यालयले अभिभावकलाई आकर्षित गर्ने भन्दै अङ्ग्रेजी माध्यममा पढाइरहँदा महानगरपालिकाले भने मातृभाषामा कक्षा शुरु गर्ने तयारी गरिएको जनाएको छ । कतिपय अभिभावक अङ्ग्रेजीमा आकर्षित भइरहे पनि कतिपय अभिभावकले सन्तानलाई नेपाली र कतिपय अभिभावकले मातृभाषामा पढाउन चाहेको शिक्षा अधिकारी क्षेत्रीले बताउनुभयो । अहिले सञ्चालनमा रहेका विद्यालयले मातृभाषामा पनि पढाउनुपर्ने उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “चाहेको माध्यममा पढाउन पाउने गरी विद्यालयले फरक फरक माध्यममा पढाउनुपर्छ ।” 

महानगरपालिकामा सामुदायिक ४० र संस्थागत १८२ गरेर जम्मा २०२ विद्यालय र प्रारम्भिक बाल विकास ७४ रहेका छन् । नेपाल भाषाको लिपि रञ्जना हो जुन नेपालले संयुक्त राष्ट्र सङ्घमा सदस्यताका लागि आवेदन दिँदा आफ्नो मौलिक लिपि भनी पेश गरेको थियो ।  (रासस) 

ट्याग -  नेपाल भाषा ,

SUGGESTED ARTICLES

img
सामुदायिक विद्यालयमा सुधार

जिल्लाका सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएको छ । स्थानीय तह र गैरसकारी संस्थाको समन्वयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भएपछि शैक्षिक अवस्थामा सुधार आएको हो । पढाइ राम्रो हुँदैन, शिक्षक योग्य हुँदैनन् भन्ने सोचले यहाँका अभिभावक छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका थिए । विद्यालयमा हिजोआज विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा १७० सामुदायिक विद्यालय छन् ।


by RSS | May 21

img