mobile

भक्सवागनले सात हजार कर्मचारी हटाउने

By RSS on Mar 13,2019 - 15:07

जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ । 

कम्पनीले कटौतीमा पर्ने कामदार कर्मचारीलाई अवकाश सुविधाको अवसर प्रदान गरिने जनाएको छ । 

भक्सवागनले दिगो प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न पनि कर्मचारी कटौती गर्नु परेको स्पष्ट गरेको छ । एक अनुमान अनुसार आगामी वर्षहरुमा अवकाशका लागि करिब ११ हजार कर्मचारी योग्य हुनेछन् । सन् २०२३ सम्ममा प्रतिवर्ष करिब ६ अर्ब यूरो बचत गर्ने कम्पनीको योजना बमोजिम कर्मचारी कटौती गर्न लागिएको हो । 
यसैबीच, उल्फ्सबर्गस्थित भक्सवागनले ब्याट्रीबाट चल्ने कार र स्वचालित कार उत्पादनमा लगानी वृद्धि गर्ने योजना अघि सारेको छ । कम्पनीले नोभेम्बरमा घोषणा गरिएको ११ अर्ब यूरोबाट झण्डै १९ अर्ब यूरो पु¥याउने लक्ष्य राखेको छ । 

ट्याग -  भक्सवागन ,

SUGGESTED ARTICLES

img
दुबई विमान दुर्घटना: चार जनाको मृत्यु

डीए–४२ नामक चार सिटे विमानमा दुई यात्रु र चालक र सहचालक थिए। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएको यूएईका अधिकारीहरूले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना भएको थियो ।  


by Anu Rana | May 20

img