mobile

आउँदैछ १४८ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन

By Anu Rana on Mar 13,2019 - 15:36

क्वालकोम कम्पनीले १४८ मेगा पिक्सलको क्यामरा भएको स्मार्टफोन ल्याउने तयारीमा लागेको छ । अब छिट्टै सो कम्पनीले नयाँ मोबाइल सेट बजारमा ल्याउने छ । कम्पनीको पछिल्लो रिपोर्ट अनुसार नयाँ संस्करणको स्नापड्रागन मोबाइल चिपसेट क्यामरा स्पेसिफिकेसन विवरण अपडेट भएको छ ।

१ सय ९२ मेगापिक्सेल सेन्सर सपोर्ट गर्ने चिपसेटको लिस्टमा क्वालकोम स्नापड्रागन ६७०, क्वालकोम स्नापड्रागन ६७५, क्वालकोम स्नापड्रागन ७१०, क्वालकोम स्नापड्रागन ८४५ तथा क्वालकोम स्नापड्रागन ८५५ को नाम सामेल छ । त्यसबाट पनि के प्रष्ट हुन्छ भने यी चिपसेटबाट चल्ने स्मार्टफोनहरुको क्यामरा छिटै नै १ सय ९२ मेगापिक्सेल क्षमताको हुनेछ ।

पछिल्ला समयमा आएर स्मार्टफोन कम्पनीहरुले बढीभन्दा बढी क्षमतायुक्त क्यामरा भएका स्मार्टफोन ल्याउने प्रतिस्पर्धा गरिरहेका छन् ।

शाओमीको रेडमी नोट सेभेन प्रोको ४८ मेगापिक्सेल क्यामरा होस् वा नोकिया नाइन प्योरभ्यूको पाँचवटा क्यामरा सेटअप होस्, स्मार्टफोन फोटोग्राफीमा नयाँ आयाम थपिएको छ । स्मार्टफोन क्यामराको यो प्रगति रोकिनेवाला छैन ।

स्मरण रहोस् तत्काल क्वालकोम चिपसेटले १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर सपोर्ट गरेता पनि तत्काल बजारमा कुनै पनि १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर उपलब्ध छैन । तर भविष्यमा कम्पनीहरुबीचमा यो क्षमताको क्यामरायुक्त स्मार्टफोन ल्याउन प्रतिस्पर्धा हुने पक्का छ र यसका लागि धेरै कुर्नु नपर्नसक्छ ।

क्वालकोमले सार्वज्निक गरेको चिपसेटको नयाँ स्पेसिफिकेसन्स विवरणमा सिंगल तथा डुअल क्यामराको क्षमतालाई छुट्टाछुट्टै रुपमा उत्कृष्ट ढंगले पेश गरिएको छ । यसमा स्लो मोसन रेकर्डिङ्ग लिमिट्स तथा हाइब्रिड अटोफोकस जस्ता कैयन् फिचर्स पनि रहेको प्रष्ट हुन्छ । यतिमात्र होइन अपडेटेड स्पेसिफिकेसनको सूचीमा फ्रेमरेट, मेगापिक्सेल, कोडेक सपोर्ट तथा रिजोलुसन लिमिटेन्स जस्ता कैयन् फिचर्सका बारेमा पनि जानकारी दिइएको छ ।

ट्याग -  आउँदैछ १४८ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन

SUGGESTED ARTICLES

img
फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था,  

सामाजिक सञ्जाल फेसबुकले केही समय पहिला डार्क मोड फिचर ल्याएको थियो । तर त्यो फिचर केही देशमा परीक्षणका लागि भन्दै प्रयोगमा ल्याइएको थियो ।


by Anu Rana | Apr 17

img