mobile

खेलकूद विधेयक प्रस्ताव स्वीकृत

By RSS on Mar 13,2019 - 15:26

राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक,२०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । 

बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विकले स्वच्छ र अनुशासित खेलाडी उत्पादन गरी देशको गरिमालाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन राष्ट्र तथा खेलक्षेत्रको हितका लागि सो विधेयक ल्याइएको बताउनुभयो । 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लेखा परीक्षण विधेयक २०७५ सम्बन्धी समितिका प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो । 

त्यसैगरी राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र भूउपयोग विधेयक, २०७५ लाई टेबुल गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ३० गते अपराह्न १ बजे बस्नेछ ।

ट्याग -  खेलकूद विधेयक ,

SUGGESTED ARTICLES

img
फुटबलको चर्चा तर पूर्वाधार निर्माणमा निराशाजनक वर्ष

यसैवर्ष दुईवटा घरेलु क्रिकेट प्रतियोगिताले नेपाली खेलाडीलाई केही राहत मिल्यो । अघिल्लो महीना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग र यसै महीना काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिगले नेपाली क्रकेटको दर्शक बढाउन सफल भयो । प्याराग्लाइडिङमा एतिहासिक रजत गत भदौमा इण्डोनेसियामा भएको एशियाली खेलकूद प्रतियोगिता (एसियाड) मा नेपालले २९ खेलमा भाग लियो ।


by RSS | Apr 15

img