mobile

ओप्पो र एरिक्सनबीच पेटेन्ट सम्झौता

By Anu Rana on Mar 14,2019 - 18:06

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पो र स्वीडेनको दूरसञ्चार कम्पनी एरिक्सनबीच पेटेन्ट सम्झौता भएको छ । उनीहरूबीच बहुवार्षिक वैश्विक पेटेन्ट इजाजत सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता सहमति अनुसार ओप्पो र एरिक्सनले प्याटेन्ट लाईसेन्सिङ र विभिन्न ब्यवसायिक योजनाका लागि साझेदारी गर्ने भएका छन्।

यो सहमतिले फाइभजीको युगमा दुई कम्पनीबीच सहकार्यका लागि बलियो जग बसाउन सघाव पुग्ने ओप्पो ईन्टेलेक्चुअल प्रपर्टी विभागका प्रमुख एड्लर फेङले बताए।

ओप्पो इन्टेलेक्चुअल प्रोपर्टी विभागका प्रमुख एड्लर फेङले यो सहमतिले कम्पनीबीच सहकार्यका लागि बलियो जग बसाउने विश्वास व्यक्त गर्नुभएको छ । ओप्पोसँग पारस्परिक लाभकारी सम्झौता भएकोमा आफू उत्साहित रहेको एरिक्सनका चिफ इन्टेलेक्चुअल प्रोपर्टी अफिसर गुस्ताभ ब्रिसमार्कको भनाइ रहेको छ ।

एरिक्सनका चिफ ईन्टेलेक्चुअल प्रपर्टी अफिसर गुस्ताव ब्रिसमार्कले हाल सम्म एरिक्सनले १ सय बढी प्याटेन्ट अनुमति सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको बताउनु भ्एको छ।

वैश्विक रुपमै सूचना तथा सञ्चार प्रविधि (आईसीटी) जगतमा एरिक्सन एक अग्रणी उत्पादक तथा सेवा प्रदायक हो ।

ट्याग -  पेटेन्ट , सम्झौता

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img