mobile

क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमा

By RSS on Mar 14,2019 - 16:22

एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । 

थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ । 

३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित म्यानरमार, मलेसिया र आयोजक थाइल्याण्ड छन् भने समूह बी मा हङकङ, सिंगापुर, भुटान र चीन रहेको छ । 

त्यस्तै नेपालले आफ्नो दोस्रो खेल मलेसियासँग अप्रिल २४ मा खेल्नेछ भने समूहको अन्तिम खेल अप्रिल २५ तारिखमा आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । त्यस्तै नेपाल साविक विजेता पनि हो । अघिल्लो संकरणको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो । (रासस)

ट्याग -  क्रिकेट प्रतियोगिता ,

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img