mobile

२०७६ वैशाख २८ मा वान बेल्ट वान रोड रेस्लिङ हुने

By Anu Rana on Mar 17,2019 - 10:58

चीनको वान बेल्ट वान रोडको अवधारणलाई सहयोग गर्ने उद्देश्यले नयाँ वर्षको अवसर पारेर नेपाल रिङ रेस्लिङ संघले एमकेडब्लू बेल्ट एन्ड रोड च्याम्पियनसिप गर्ने भएको छ । यही आउदो २०७६ वैशाख २८ मा हुने प्रतियोगितामा ६ देशका खेलाडीको सहभागिता रहने संघकी अध्यक्ष सुनिता थापाले बताउनु भ्एको छ । वीआरआईको माध्यमबाट समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान हुने भएको र यसबाट नेपाललाई समेत फाइदा हुने उनको दाबी छ । प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इंग्ल्यान्ड, हङकङ, न्युजिल्यान्डका खेलाडीको सहभागिता रहेने छ । 

नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने भ्एका छन । त्यसैगरी अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागिता रहनेछ । चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन् । त्यसैगरी, हङकङका केसी, चियरम्यान एएल, मिचेल सु छन् । न्युजिल्यान्डका टोमी कम्ब्याट छन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवेर केसी, विकास खड्का रहने आयोजकले जानकारी दिएको छ ।

उक्त प्रतियोगितामा दुईवटा बेल्ट विजेता घोषणा गरिनेछ । जसमा बेल्ट एन्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको बेल्ट प्रदान गरिने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बताउनु भयो । त्यो प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोप एन्ड कर्नरका प्रतिस्पर्धा गराइनेछन् ।

उक्त प्रतियोगिता आयोजना गर्न ४५ लाख बजेट लाग्ने अनुमान गरिएको छ । प्रतियोगितालाई राखेपको सहयोग छ । प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको छ ।

ट्याग -  वान बेल्ट वान रोड रेस्लिङ ,

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img