mobile

साफ महिला फुटबलमा भारत विजयी

By RSS on Mar 17,2019 - 20:49

पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ । 

भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् । भारतले खेलको चौथो मिनेटमा नै दाङमेईले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् भने पहिलो गोल भएको तीन मिनेटपछि भारतकी खेलाडी रङ्गनाथनले गोल गरिन् । 

यसैगरी खेलको ३६ औँ मिनेटमा भारतकी कथेरेसन गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् भने ४४ मिनेटमा वस्फारेले पेनाल्टीबाट गोल गर्दै भारतलाई ४–० को गोलले अगाडि बढाइन् । पहिलो हाफमा ४–० को अग्रता बनाएको भारतले दोस्रो हाफको ४७ औँ मिनेटमा नानग्मेथेमले गोल गर्दै भारतलाई ५–० अग्रता दिलाइन् । आगामी बुधबार हुने खेलमा नेपाल र श्रीलङ्काबीच सेमिफाइनल खेल हुनेछ । (रासस)

ट्याग -  साफ महिला फुटबल ,

SUGGESTED ARTICLES

img
थाइल्याण्डले २३५ रनको लक्ष्य पायो

थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा ग¥यो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए ।


by RSS | Apr 25

img