mobile

वाइफाइ सिग्नल कमजोर आयो ? छिटो बनाउन यसो गर्नुहोस्  

By Anu Rana on Mar 18,2019 - 17:00

घरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ ।  पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् ।

१. भुइँमा राउटरलाई नराख्नु

राउटरलाई कहिल्यै पनि भुइँमा राख्नुहुँदैन । राउटरले सिग्नल मुनितिर दिने गर्छ । यस्तोमा भुइँमा राउटर राख्नाले स्मार्टफोन तथा ल्यापटपभन्दा पनि वाइफाइको सिग्नल जमिनतर्फ जान्छ । सके सम्म २ फिट माथि राख्दा वाइफाइको सिग्नल विभिन्न दिशमा जान सक्छ । भुँइमा राख्दा राउटरको सिग्नल संकुचित हुन सक्छ । वाइफाइले राम्रोसँग काम गर्न राउटरमा कुनै किसिमको अवरोध हुनु हुँदैन ।

२. राउटरको पोजिसन

राउटरको पोजिसनले पनि तपाइँको वाइफाइ सिग्नललाई प्रभाव पार्छ । यसका लागि क्लाउडचेकको सहायता लिन सकिन्छ । यसबाट वाइफाइ रुट पत्ता लगाएर कता कता सिग्नल जान्छ र कहाँ कमजोर छ त्यता पट्टि फर्काउन सकिन्छ ।

३. राउटरलाई छोपेर नराख्नु

राउटरलाई छोपेर राख्नाले पनि वाइफाइको सिग्नलमा अवरोध हुन्छ । जसले डिभाइसहरुमा यसलाई राम्रोसँग चल्न दिँदैन । केही मानिसहरुले धुलो, पानी तथा अन्य राउटर बिगार्नसक्ने खतराबाट बच्नका लागि राउटरलाई छोपेर राख्ने गर्छन् । यसले वाइफाइमा थप समस्या ल्याउन सक्छ । राउटरको सबैभन्दा नजिक रहेका सामग्रीहरुले यसको सिग्नललाई सोस्ने गर्छ, जसको कारण वाइफाइ राम्रोसँग चल्दैन ।

४. कुनै पनि विद्युतीय सामग्रीहरु राउटरभन्दा टाढा राख्नु

मानिसहरु आफ्नो कम्प्युटरनजिकै राउटर राख्ने गर्छन् ताकि इन्टरनेटको गति बढोस् तर विद्युतीय सामग्रीहरुको नजिक राख्दै वाइफाइको गतिमा समस्या आउनसक्छ ।

५. राउटरलाई सही स्थानमा राख्नु

राउटरलाई धेरै अवरोधका सामग्रीहरु हुने स्थानमा राख्नुहुँदैन । साथै राउटरलाई सबै कुनाहरुबाट समदूरीमा हुने गरी राख्नु राम्रो हुन्छ ।

 

 

 

ट्याग -  वाइफाइ सिग्नल.

SUGGESTED ARTICLES

img
फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था,  

सामाजिक सञ्जाल फेसबुकले केही समय पहिला डार्क मोड फिचर ल्याएको थियो । तर त्यो फिचर केही देशमा परीक्षणका लागि भन्दै प्रयोगमा ल्याइएको थियो ।


by Anu Rana | Apr 17

img