mobile

भारत गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

By Anu Rana on Mar 18,2019 - 17:01

भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतवार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ ।  उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधन भएको जानकारी ट्विटरबाट दिएका हुन्। 

उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । उनको पार्थिव शरीरलाई भारतीय जनता पार्टीको गोआ कार्यालयमा राखि, पार्टी कार्यकर्ताहरूले उनको पार्थिव शरीरमा सम्मान प्रकट गर्नुहुने छ ।

केही समयपछि उनको पार्थिव शरीर कला एकेडमी लगिनेछ । त्यो स्थान भाजपा कार्यालयबाट लगभग तीन किलोमिटर पर छ । त्यहाँ सर्वसाधारणले उनीप्रति सम्मान दिनेछन् । प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह पनि केही बेरमा गोआ पुग्ने कार्यक्रम छ । 

१३ डिसेम्बर १९५५ मा गोवाको मापुसामा जन्मेका पर्रिकर सन् २०००-२०००२, २०००२-०५, २००१२-२००१४ र १४ मार्च २०१७ देखि २०१९ मार्चसम्म चार पटक मुख्यमन्त्री भइसकनु भ्एको हो ।

सन् २०१४ मा केन्द्रमा भाजपा सरकार बनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई गोवा छाडेर दिल्ली आउन भनेका थिए । त्यसबेला मोदीले आफ्नो मन्त्रिमण्डलमा पर्रिकरलाई रक्षामन्त्री बनाउनुभ्एको थियो । 

ट्याग -  निधन ,

SUGGESTED ARTICLES

img
प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको


by RSS | Apr 18

img