mobile

इथियोपिया र इन्डोनेशियाको विमान दुर्घटनामा समानता  

By Anu Rana on Mar 18,2019 - 17:03

इथियोपियाका यातायातमन्त्री मन्त्री दाग्मावित मोगेसले इथियोपियन एअरलाइन्स र गत वर्ष अक्टोबरमा इन्डोनेशियामा भएको लायन एअरको विमान दुर्घटनाबीच स्पष्ट समानता देखिएको बताउनुभएको छ ।

दुवै विमानको ब्ल्याक बक्सको सामान्य अध्ययनपछि दुवै दुर्घटनाको कारणमा समानता पाइएको र त्यसबारे थप अनुसन्धान भइरहेको मन्त्री मोगेसलाई उद्धृत गर्दै बीबीसी जनाएको छ । दुवै विमानका ब्ल्याक बक्सको विश्लेषण गर्दा तत्कालिन समयमा उचाइमा उतार चढाव देखिएको पाइएको छ । एक साताअघि इथियोपियामा भएको दुर्घटनामा १ सय ५७ जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा अडिस अबाबास्थित विश्व खाद्य संगठनमा कार्यरत् नेपाली युवती एकता अधिकारी पनि थिइन् ।

इथियोपिया र इन्डोनेशियाबाट उडेका यी दुवै विमान बोइङ ७३७ म्याक्स मोडलका हुन् । दुवैको उत्पादन अमेरिकी बोइङ कम्पनिले गरेको हो ।

दुवै विमान ‘टेक–अफ’ गरेलगत्तै दुर्घटनामा पर्नुले पनि समान कारणतर्फ संकेत गरेको हो । अहिले अमेरिकालगायत संसारभर बोइङका यो मोडलको विमान उडानमा प्रतिबन्ध लगाइएको छ । फ्रान्सका अधिकारीहरुले विमानको डेटा रेकर्डर र ब्ल्याक बक्स अध्ययन प्रतिवेदन इथियोपियालाई बुझाइसकेको बताइन्छ ।

 यस्तै गत अक्टोबर २९ मा इन्डोनेशियाको जकार्ताबाट उडेको लायन एअरलाइन्स ६१० विमान दुर्घटनामा १८९ जनाको निधन भएको थियो । 

ट्याग -  विमान दुर्घटना ,

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img