mobile

जनताको जलविद्युत् : पहिलो शेयर थ्री ‘बी’ चैत ७ मा

By RSS on Mar 19,2019 - 10:18

 ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिनुभयो । 

सैँतीस मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गर्न लागेको हो । मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने गरी रु एक खर्ब बराबरको विभिन्न १९ आयोजनाको शेयर जनतालाई दिने सार्वजनिक गरेको थियो । सोही आधारमा कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात रु ३७ करोड पाँच लाख बराबरको रु. १०० अङ्कित दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । 

“बिहीबार खुला गर्ने शेयर छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाउन लागिएको छ”, आयोजना प्रमुख ढुङ्गेलले भन्नुभयो, “एक व्यक्तिले बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने शेयरको मूल्य रु १०० अङ्कितमा त्यसको १० प्रतिशत हुन आउने रु १० मात्र तोकिएको छ ।” 

जनताको जलविद्युत् कार्यक्रमका लागि तय गरिएको प्रावधानअनुसार जलविद्युत् आयोजनाको इक्विटी (स्वपूँजी) मध्ये ४९ प्रतिशत जनतालाई दिने तथा त्यसमध्ये १० प्रतिशत पहिलो चरणमा जनतासँग शेयर आह्वान गर्ने व्यवस्था भए पनि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको प्रबन्धपत्रमा भएको व्यवस्थाअनुसार १५ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी पूरा गरेको कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिनुभयो । 

गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण छ । जसमा आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तह पाँच प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दा १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि (शेयरधनी सम्झौता भएको बखत विसं २०६८ वैशाख २९ गतेदेखि शेयर निष्काशन गरेको बखतसम्म कार्यरत स्थायी कर्मचारीलाई संस्थाको कर्मचारी सङ्ख्याका आधारमा समानुपातिक रुपमा वितरण हुनेगरी) पाँच प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का बासिन्दाले स्थापना गरेका कम्पनीको लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत (सो को तीन प्रतिशत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका कर्मचारीका लागि संरक्षित) शेयर सुनिश्चित गरिएको छ । 

विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो । आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ । 

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ । 

नुवाकोट र रसुवा दमकल सेवाविहीन 

नुवाकोट र रसुवालाई सेवा दिँदै आएको विदुर नगरपालिकामार्फत सञ्चालित दमकल बिग्रिएर थन्किएको छ । पानी जम्मा गर्ने (रिजर्भ) ट्याङ्की चुहिने भएपछि दुई जिल्लामा सेवा दिँदै आएको दमकल हाल नगर क्षेत्रभित्रका सडक पखाल्न प्रयोगमा ल्याइएको छ । 

आगलागी, डढेलोलगायतका अग्नि नियन्त्रणका लागि नुवाकोटका सबै स्थानीय तहसहित रसुवासम्म सेवा दिँदै आएको दमकल बिग्रिएपछि दुई जिल्ला दमकल सेवाविहीन भएका हुन् । नगरपालिकामार्फत सञ्चालित दमकल बिग्रिएपछि दुई जिल्लाका १७ स्थानीय तहमा दमकल सेवा नहुँदा अहिलेको हिउँद तथा सुख्खायाममा आगलागाी भएमा ठूलो क्षति पुग्ने जोखिम देखिएको छ । 

दमकलको पानीट्याङ्की चुहिने भएर ‘बिग्रिएकाले मर्मत नभएसम्मका लागि सेवा दिन नसक्ने’ सूचना नगरपालिकाले गत शुक्रबार जारी गरेको छ । नगरपालिका प्रमुख सञ्जु पण्डितका अनुसार दमकलको ट्याङ्कीबाट पानी चुहिएर प्रयोग गर्न नमिल्ने भएकाले ममर्तका लागि पठाउन लागिएको छ । “प्राविधिक अध्ययनमा मर्मतका लागि रु १० लाख लाग्ने अनुमान छ”, प्रमुख पण्डितले भन्नुभयो, “मर्मतका लागि खर्च अभाव र कम्तीमा एक महीना समय लाग्ने देखिएकाले अहिलेको सुक्खायाममा के गर्ने अन्योलमा परेका छाँै ।” 

विसं २०५६ मा चीन सरकारबाट अनुदान प्राप्त उक्त दमकल बनाउन कहाँ पठाउने निर्णय हुन बाँकी छ । गत शुक्रबारदेखि उक्त दमकललाई नगर क्षेत्रभित्रका सडकको धुलो पखाल्न प्रयोगमा ल्याइएको छ । यो वर्षको मङ्सिरदेखि फागुन अन्तिमसम्म नुवाकोटका सात स्थानमा आगलागी हँुदा करोडाँै मूल्य बराबरको धनमाल र केही पशुचौपाया मरेका थिए । 

ट्याग -  जलविद्युत् ,

SUGGESTED ARTICLES

img
सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने

दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने भएको हो ।


by RSS | Today, 06:09 PM

img