mobile

सावन्त बने गोवाका नयाँ मुख्यमन्त्री  

By Anu Rana on Mar 19,2019 - 16:42

भारतको गोवामा सभामुख प्रमोद सावन्त मध्यरातमा मुख्यमन्त्री बनेका छन् । मनोहर पर्रिकरको निधन भएपछि सावन्तलाई राति पौने दुई बजे राजभवनमा सावन्तलाई मुख्यमन्त्रीको शपथ गराइएको हो ।

गोवाका मुख्यमन्त्री मनोहर परिकरको ६३ वर्षको उमेरमा निधन भएपछि सावन्तलाई मुख्यमन्त्री बनाइएको हो। क्यान्सर पीडित परिकरको निधन गत आइतबार गोवास्थित आफ्नै निवासमा भएको थियो।

सावन्त बाहेक अन्य ११ जना विधायकले पनि मन्त्री पदको शपथ लिएका छन् । यसरी सपथ लिनेमा महाराष्ट्रवादी गोमान्तक पार्टीका विधायक सुधिन धवलिकर र गोवा फरवार्ड पार्टीका अध्यक्ष तथा विधायक विजय सरदेसाई समेत छन् । बाँकी मन्त्रीको शपथ लिनेहरु भने पर्रिकर नेतृत्वको मन्त्रिपरिषदका सदस्य नै छन् । नयाँ दुवै मन्त्रीलाई उपमुख्यमन्त्रीको पद दिन सक्ने अनुमान गरिएको छ ।

उनको निधनपछि गोवाको सबैभन्दा ठूलो दल भारतीय कंग्रेस आईलाई गर्भनरले पत्र पठाए पनि उसले सरकार बनाउन अस्वीकार गरेपछि भाजपालाई सरकार बनाउन प्रस्ताव गरिएको थियो। ४० सिट रहेको गोवाको विधानसभामा कांग्रेसको १४ र भाजपाका १२ सांसद रहेका छन् भने अन्य साना दलका ६ सांसद रहेका छन्। त्यस्तै स्वतन्त्र सांसद तीन रहेकोमा सबै सांसदको समर्थन भाजपालाई छ।

 

ट्याग -  सावन्त , नयाँ मुख्यमन्त्री ,

SUGGESTED ARTICLES

img
प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको


by RSS | Apr 18

img