mobile

मोजाम्बिकमा चक्रपातका कारण १ हजारभन्दा बढीको मृत्यु  

By Anu Rana on Mar 19,2019 - 17:10

अफ्रिकाका मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको समुद्री आँधीका कारण एक हजार भन्दा बढीको मृत्यु भएको छ भने जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् ।

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको चक्रपातले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति भएको छ ।मोलाम्बिकका राष्ट्रपति फिलिपे नुसीले चक्रपातमा ज्यान गुमाउनेहरुको संख्या १ हजार नाघन सक्ने बताउनुभ्एको छ ।

गत बिहीबारदेखि नै मोजाम्बिकमा ठूलो वर्षासहित आएको आँधीले क्षति पु¥याउन थालेको भएपनि सहायताकर्मीहरु आइतबारमात्र त्यहाँ पुगेका थिए । उद्दारकर्मीहरु पुगेपछि सो क्षेत्रमा भएको क्षतिको विवरण बाहिर आएको छ ।

आँधीका कारण अफ्रिकाका दक्षिणी क्षेत्रमा एक सय ८० जनाको मृत्यु भएको छ । बेयराको निरीक्षणपछि राष्ट्रपति नुसीले आँधीले ‘विध्वंस’ मच्चाएको बताएका छन् ।

हवाई निरीक्षणका क्रममा बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए । अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्टले आँधीको भयानक प्रभाव परेको बताएका थिए ।

झन्डै पाँच लाख मानिस बस्दै आएको बेयरामा ९० प्रतिशत शहर ध्वस्त भएको बताइएको छ । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्‍याउन नसकेको कुनै पनि घर भेट्न नसकेको बताएका छन् । उद्दारकर्ताहरूले शहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन् । धेरै ठाउँमा बिजुली र सञ्चार सम्पर्क टुटेको छ ।

सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका छन् जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ । बेयराबाट अन्यत्र जोडिने सडक अबरुद्ध भए पनि विमानस्थल भने सञ्चालनमा ल्याइएको छ । आँधीका कारण छिमेकी मुलुक जिम्बाब्वेमा ९८ जनाको मृत्यु भइसकेको छ भने २ सय १७ जना बेपत्ता भएको जानकारी दिएको छन् ।

यसैगरी मलावीमा समेत आँधीले ठूलो क्षति पुर्‍याएको बताइएको छ । मलावीमा आँधी आउनुअघिको भीषण वर्षा र बाढी तथा पहिरोले १ सय २२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएको छन ।

ट्याग -  मृत्यु  

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img