mobile

नेदरल्याण्डमा अन्धाधुन्ध गोलीबारीः तीनको मृत्यु  

By Anu Rana on Mar 19,2019 - 17:12

नेदरल्याण्डकाे यूट्रेख्ट शहरमा ट्रलीबसमा एक जना व्यक्तिले अन्धाधुन्ध गाेली चलाउँदा  ३ जनाको मृत्यु भएको त्यहाँको मेयरले बताएका छन् ।

युट्रेख्टका मेयर जान वेन जानेनका अनुसार सोमबार बिहान १० बजेर ४५ मिनेटमा ट्राममा भएको गोलीबारीमा तीनजनाको ज्यान गएको थियो । भने यो घटनामा पाँचजना घाइते भएका थिए । प्रशासनका अनुसार हमलाकर्ताको उद्देश्य के थियो, त्यसबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

नेदरल्याण्डको पुलिसले ३७ वर्षका गोकमेन तानिसलाई हमलाको थुप्रै घण्टापछि पक्राउ गर्न सफल भयो । उनलाई कहाँबाट पक्राउ गरियो भन्नेबारे पनि स्पष्ट जानकारी छैन ।

बीबीसी टर्की सेवासँग कुरा गर्दै एक स्थानीय व्यापारीले संदिग्ध हमलाकर्तालाई यसअघि पनि इस्लामिक स्टेटसँग सम्बन्ध भएका कारण पक्राय गरिसकिएको छ । यद्यपी, उनलाई केही समय पछि नै रिहा गरिएको थियो ।

पुलिसले यसलाई आतंकवादी घटनाको रुपमा हेरेको छ, भने नेदरल्याण्डको आतंकवाद निरोधी संगठनका समन्वयकर्ता स्थानीय प्रशासनको सम्पर्कमा छन् । र सहरमा उच्चस्तरीय खतरा घोषित गरिएको छ ।

प्रहरीले स्थानीयहरुलाई सडकमा नआउन आग्रह गरिरहेका छन् । यसका साथै सर्वसाधारणलाई घरमै रहन र विद्यालयको झ्यालढोका बन्द गर्न आदेश दिएको छ । अहिले यूट्रेख्ट सेन्ट्रल रेलवेबाट ट्रेनको आवतजावतलाई पनि बन्द गरिएको छ ।

कतिबेला भयो यस्तो हमला ?

पुलिसका अनुसार गोलीबारीको यो घटना स्थानीय समयानुसार बिहान १० बजेर ४५ मिनेटमा भयो । हमलाका प्रत्यक्षदर्शीले डच न्यूजसाइट एनयू डट एनएललाई ‘एक व्यक्तिले अचानक अन्धाधुन्ध गोली चलाउन सरु गरेको’ बताए ।

यस्तै, एक घाइते महिलाको मद्दत गर्ने व्यक्तिले नेदरल्याण्डको सरकारी समाचार च्यानल एनओएसलाई भने, ‘जब मैले एक रगताम्मे महिलालाई देखेँ तब उनलाई आफ्नो कारमा ल्याएर मद्दत गर्ने कोसिस गरेँ । तर जबसम्म पुलिस घटनास्थलसम्म पुग्यो तबसम्म ती महिला बेहोस भइसकेकी थिइन् ।’

ट्याग -  गोलीबारी , मृत्यु  

SUGGESTED ARTICLES

img
भिटामिन ए र जुकाको औषधि खुवाउँदै

सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । सङ्घीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।


by RSS | Apr 19

img