mobile

नियमित योग गर्नाले फाइदै फाइदा

By Anu Rana on Mar 19,2019 - 17:11

योग नेपालको परम्परागत व्यायाम विधि हो । योगले धेरै कुरामा फाइदा गर्छ । योग स्वास्थ्यको लागि फाइदाजनक हुँदा विश्वभर यो विधि अपनाउन थालिएको छ । योगले मानसिक ,शारीरिक र नर्सर्ने खालको विभिन्न रोग नलाग्न र लागेको व्यक्तिहरुलाई पनि धेरै फाइदा पु-याउँछ । योग यस्तो महाज्ञान हो जसले धेरै रोगलाई नियन्त्रण गर्न सक्छ । चेतनाको स्तर बढाउनको लागि, शरीरलाई स्वास्थ राख्नका लागि र शरीरको विकार हटाउनको पनि योग सहयोगसिद्ध हुन्छ ।

आधुनिकताको नाममा विभिन्न किसिमको शारीरिक अभ्यासहरु गर्न छाडिसकेको अवस्था छ । जसले गर्दा मानसिक समस्या धेरै भएको देखिन्छ । त्यस्तो अवस्थामा योगले सहयोगी बन्न सक्छ । योगले शरीरको अङ्ग–प्रत्यङ्गलाई संचालनमा सहयोग गर्छ ।शरीरको हार्डजोर्नी, नसा, ढाडसम्बन्धी रोग भएकालाई पनि योगले फाइदा पु-याउँछ ।जो अल्छी मानेर बसिरहेका हुन्छन्, त्यस्ता व्यक्तिलाई मानसिक समस्या भने भइरहन्छ । यस्तो अवस्थामा योग गर्ने हो भने सकारात्मक बनाउने काम गर्छ । योगले मान्छेलाई मनोवल बढाउने र उत्साह जगाउने काम गर्छ ।

योगले शरीरमा पुर्याउँने फाइदाहरु

  • शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्छ ।
  • मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ ।
  • पाचन क्षमता बढाउँछ ।
  • शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ ।
  • शरीरको जोर्नीहरुलाई खुकुलो बनाउँछ । जसले गर्दा शरीरमा यूरिकेसिड, बाथजस्ता रोगहरुलाई नियन्त्रण गर्छ । समग्रमा भन्नु पर्दा रोग नलाग्नको लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । शरीरलाई स्वास्थ राख्न र आयू लम्ब्याउने काम योगले गर्छ ।
  • मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएको खण्डमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्छ ।
ट्याग -  नियमित योग ,

SUGGESTED ARTICLES

img
६ खाना जसले क्यान्सर निम्त्याउँछ

बजारमा पाइने जंक फुड अर्थात् फास्ट फुड क्यान्सर निम्त्याउने महत्वपूर्ण कारक हुन् भन्ने तथ्य बेलाबेलामा सार्वजनिक भइनै रहन्छन् ।


by Anu Rana | Apr 19

img