mobile

होलीमा रङ खेल्दै हुनुहुन्छ ? स्किनलाई यसरी जोगाउनुहोस्  

By Anu Rana on Mar 21,2019 - 12:59

होलीमा खेल्ने रङ तीन प्रकारका हुन्छन्। एउटा पेस्टमा आउँछ, एउटा धूलो हुन्छ र एउटा पानीमा मिसाएर लगाउने हुन्छ। पेस्ट विभिन्न रङमा उपलब्ध हुन्छ। यस्ता रङमा विभिन्न रसायन हुन्छ, जसले छालामा मात्र नभई आँखा र मिर्गौलामा समेत गम्भीर असर पार्छ।

छालाको संक्रमण, छाला चिलाउने, पोल्ने लगायतका समस्या निम्त्याउन गर्छ । यो समस्या नहोस् भन्नका लागि होलीमा छाला सम्बन्धि विशेष सर्तकता अपनाउन जरुरी छ । ताकी छालालाई सुरक्षा प्रदान होस् । यसको लागि होली खेल्नु पूर्व छालामा यस्ता कुरा लगाउनु पर्छ, जसले गर्दा छालामा कुनै पनि समस्या हुन बाट बचाउदोछ ।

होली खेल्नुअघि र खेलेपछि के–के कुरामा ध्यान दिने ?

  • कपालमा धेरै तेल लगाउने र कपाल राम्ररी बाँध्नुपर्छ।
  • मुखमा मोस्चराइजर तथा सन्स्क्रिन क्रिम लगाउने।
  • लामो समयसम्म रङ शरीरमा नराख्ने।
  • होली खेलिसकेपछि रङ निकाल्न छालामा बेस्सरी रगड्नु हुँदैन। त्यसैले रङ खेल्नुअघि नै शरीरमा तेल लगाएर जानु उपयुक्त हुन्छ। यसले गर्दा रसायनले छालामा असर गर्न पाउँदैन र रङ छिटो निकाल्न पनि सहयोग गर्छ।
  • रङ पखाल्न साबुनको प्रयोग गर्नुपर्छ।
  • छाला चिलाउन वा पोल्न थाल्यो र आँखामा रङ पस्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।
  • कतिपय केमिकलले नङ पाक्न पनि सक्छ। त्यसैले नेल पोलिस लगाउनुपर्छ।
  • नुहाइसकेपछि पनि मोस्चराइज क्रिम लगाउनुपर्छ।

के नगर्ने ?

होलीमा रङ्ग खेल्दा अनुहारमा रङ्ग लाग्ने गर्दछ । यस्तो रङ्ग पखाल्नका लागि छालामा साबुनको प्रयोग नगर्ने  । त्यस्तै, रङ्ग निकाल्न छाला बेस्सरी नरगड्ने । र, अरुलाई पनि रगड्न नदिने । त्यतिमात्र हैन, रङ्ग गएन भन्दैमा हतास तथा निराश कदापी नहुने र छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्नबाट पूर्णतया जोगिने ।

ट्याग -  होलीमा रङ खेल्दै हुनुहुन्छ ? स्किनलाई यसरी जोगाउनुहोस्  

LATEST NEWS

SUGGESTED ARTICLES

img