mobile

शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि हुने  

By Anu Rana on Mar 21,2019 - 16:44

जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागेको शुक्लाफाँटा पर्यटन महोत्सवको तयारी सुरु भ्एको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रकै गौरवको रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्न महोत्सव आयोजना गर्न लागिएको बताउनु भ्एको छ ।आयोजकका अनुसार महोत्सवको अवधिमा निकुञ्ज भ्रमणमा आउने पर्यटकहरुलाई ‘प्याकेज’का विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ।

भीमदत्तले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरेको नगर प्रमुख विष्टले बताउनु भ्एको हो। ‘भ्रमण वर्ष सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरेका छौ, त्यस अनुसार कार्य गरिरहेका छौँ,’ उहाले भनुभयो।

नगर प्रमुख विष्टले निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन मार्ग निर्माण, झोलुङ्ग पुल नजिक उद्यान र पार्क निर्माण, राना थारु होम प्रवद्र्धनका लागि सहयोग गरिएको पनि जानकारी दिनुब्योको छ ।

भीमदत्त नगरपालिकामा झोलुङ्गे पुल आउने पर्यटकहरुलाई बाल उद्यान र पिकनिक स्पट भएर हात्तीसार हुँदै राना थारु होमस्ट पुगाउने लक्ष्य सहित पुल नजिक बाल उद्यान र पार्क बनाउन बजेट विनियोजन गरिएको छ भनुभ्एको छ्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका भीमदत्त नगरपालिका, माहाकाली नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिका सहित सरोकारवालाले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागेका हुन् । समिति गठनका लागि बसेको बैठकमा सुदूरपश्चिम प्रदेशका साँसद लाल बहादुर खड्का, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा सहित स्थानीय सरकारका प्रतिनिधि सहभागी भएका छन् ।

ट्याग -  पर्यटन महोत्सव ,

SUGGESTED ARTICLES

img
शेयर बजार : दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।


by RSS | May 16

img