mobile

मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

By RSS on Mar 21,2019 - 17:26

विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ । 

जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिनुभयो । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिविका उपकुलपति डा तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिबीच आज सिंहदरबारमा वार्ता भएको थियो । 

सो विषयमा कारवाही नभएको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मङ्गलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए । 

गण्डकी र किष्ट मेडिकल कलेजमा आफूखुशी शुल्क असूल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीलाई मनोवैज्ञानिक त्रास दिई मुद्दा फिर्ता लिन दबाब दिएको विषय कानूनी कारवाहीको सवाल भएकाले तालाबन्दी खुलेपनि पीडित विद्यार्थीले मुद्दा फिर्ता नलिने जनाउनुभयो । (रासस)

ट्याग -  मेडिकल कलेज , शुल्क ,

SUGGESTED ARTICLES

img
सामुदायिक विद्यालयमा सुधार

जिल्लाका सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएको छ । स्थानीय तह र गैरसकारी संस्थाको समन्वयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भएपछि शैक्षिक अवस्थामा सुधार आएको हो । पढाइ राम्रो हुँदैन, शिक्षक योग्य हुँदैनन् भन्ने सोचले यहाँका अभिभावक छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका थिए । विद्यालयमा हिजोआज विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा १७० सामुदायिक विद्यालय छन् ।


by RSS | May 21

img