mobile

चीनको रसायनिक मल उद्योगमा शक्तिशाली बिस्फोट , ४४ जनाको मृत्यु

By Anu Rana on Mar 22,2019 - 18:10

पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्यु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको छ ।

आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निट्युडको कम्पन मापन गरेको थियो। यो चीनमा हालैको वर्षमा भएको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्ये एक मानिएको छ । बिहीवार दिउँसो  २ः५० बजे याङ्चेङमा अवस्थित सो उद्योगमा बिस्फोट भएको हो । सिन्ह्वाका अनुसार जम्मा ६४० जनालाई अस्पताल पठाइएकोमा ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते छन्।

विस्फोट निकै शक्तिशाली भएको र आगलागी सुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ । चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटना भइरहेका छन् । गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

गत वर्ष नै जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो।  हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै १,००० घाइते भएका थिए। बिहीबारको दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिए । 

ट्याग -  चीनको रसायनिक मल उद्योगमा शक्तिशाली बिस्फोट , ४४ जनाको मृत्यु

SUGGESTED ARTICLES

img
भिटामिन ए र जुकाको औषधि खुवाउँदै

सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । सङ्घीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।


by RSS | Apr 19

img