mobile

पाठेघरमा ट्युमर हुने कारणहरु

By Anu Rana on Mar 24,2019 - 10:45

पाठेघरको ट्युमर भन्नासाथ प्रायः मानिसहरु अत्तालिने गर्छन्, कतै यो क्यान्सर त होइन । सबै ट्युमर क्यान्सर हुँदैन । तर कतिपय ट्युमर क्यान्सरजन्य हुँदैन भन्न पनि मिल्दैन । विशेषगरी, किशोरकिशोरीमा देखिने ट्यूमरमध्य केही क्यासरजन्य ट्युमर हुने सक्ने भएकोले यसबारे विशेष सजगता अपनाउन जरुरी छ । यदी ट्यूमरको साइज आठ सेन्टिमिटर भन्दा सोनो छ भने त्यस्ता ट्युमरलाई औषधी द्धारा पनिको पार्न सकिने भएकोले त्यस्ता ट्यूमरको शल्यक्रिया गरिहाल्न पर्दैन ।

कुनै कुनै ट्युमर छ सेन्टीमिटर भन्दा सानो छ भने पनि त्यसको शल्यक्रिया गर्नु पर्दछ ।

कसैकसैलाई महिनावारी सुक्ने बेलामा पनि पाठेघर तथा डिम्बासयमा ट्युमर देखिन सक्छ । र, यस्ता ट्यूमर क्यान्सर हुनसक्छ भनेर विभिन्न अध्ययन अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको अवस्था छ । त्यसैले पनि चिकित्सकको परामर्शमा यस्ता ट्यूमर क्यान्सर हो कि हैन भनेर समयमा नै छुट्याउनु पर्दछ ।

त्यस्तै, यदी कुनै ट्यूमर क्यान्सर हैन तर पनि बढ्दै गयो भने पनि त्यस्ता ट्युमरलाई झिक्न आवश्यक छ ।

ट्युमर क्यान्सर हुने कुरा के के मा भरपर्छ ?

  • उमेरमा फरक पर्छ , ४० वर्ष काटेको महिलाको ट्युमर सानो भएपनि क्यान्सर हुने सम्भावना हुन्छ ।
  • साइज ६ सेन्टिमिटरभन्दा ठूलो भयो भने पनि क्यान्सरको सम्भावना हुन्छ ।
  • पानीको फोका सँगै अन्य सोलिड कम्पोनेन्ट पनि छ भने क्यान्सरको सम्भावना हुन्छ ।

पाठेघरमा ट्यूमर हुनुको प्रमुख कारण

  • कम उमेरमा विवाह गर्नु
  • धेरै बच्चा जन्मा(उनु
  • धुम्रपान तथा मध्यपान गर्नु
  • आर्थिक अवस्था कमजोर भएको समाजमा सम्भावना बढी हुन्छ
  • युट्राइग फ्राइबब्राइट भनेको सर्भाइकल ट्युमर हो जुन उल्टो बच्चा पाउने, कम बच्चा पाउने अथवा ढिलो बच्चा पाउने जसमा पनि हुन्छ ।
  • ओभेरियन्ट ट्युमर पनि बच्चा कम पाउनेलाई हुने सम्भावना हुन्छ । यो दुवै ट्युमर वंशाणुगत पनि हुन्छ ।

ट्युमरका लक्षण

– ओभेरियन्ट ट्युमरको केही लक्षण नै नदेखिन सक्छन् । ठूलो साइजमा पुग्दासमेत पेन पनि नहुने हुन सक्छन् ।

– पाठेघरको ट्युमर क्यान्सर होस् या नन क्यान्सर, कहिले काहीँ धेरै पेट दुख्ने, बटारिने हुनसक्छ ।

– महिनावारीमा धेरै रगत बग्ने, सेतो पानी बग्ने ।

– पाठेघरको मुखको क्यान्सरमा पनि सेतो पानी धेरै बग्ने गन्हाउने हुनसक्छ ।

बच्ने उपाय

– सरसफाई तथा खानेकुरामा ध्यान दिने ।

– पाठेघरको मुखको पानी जाँच्ने अर्थात् प्याब्स मेड टेस्ट समय समयमा गराइरहने ।

– शरिरिक सम्बन्ध भएको ३ वर्षपछि प्याब्स मेड टेस्ट गर्ने ।

– समय समयमा अल्ट्रासाउण्ड गर्ने तथा स्वास्थ्य चेकअप गर्दै गर्ने ।

– विवाहित महिलाले सुइ लगायो, पिल्स खायो भने पनि त्यसले ओभरी र युट्राइङ ट्युमरबाट बचाउँछ । अण्डा बन्न दिँदैन र त्यसले इन्फेक्सन हुन दिँदैन ।

ट्याग -  पाठेघर , ट्युमर , कारण , लक्षण

SUGGESTED ARTICLES

img
६ खाना जसले क्यान्सर निम्त्याउँछ

बजारमा पाइने जंक फुड अर्थात् फास्ट फुड क्यान्सर निम्त्याउने महत्वपूर्ण कारक हुन् भन्ने तथ्य बेलाबेलामा सार्वजनिक भइनै रहन्छन् ।


by Anu Rana | Apr 19

img