mobile

बस दुर्घटनामा परी कम्तिमा ६० को मृत्यु

By Anu Rana on Mar 24,2019 - 10:47

दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पहिल्लो समयको सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दुर्घटना भएको हो ।

सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिए । ‘दुर्घटनामा पनि कम्तिमा ६० जनाको मृत्यु भएको पुष्टी भएको छ, एक आपसमा ठोक्किएका बस मध्ये एउटा जलेर पूर्ण रुपमा नष्ट भएको छ भने अर्को क्षतिग्रस्त भएको छ,’ उनले भने ।

एक आपसमा ठोक्किएका बेला दुवै बसमा पचास पचास जना यात्रु रहेका थिए । ठोक्किएर बसमा आगलागी भएपछि यात्रुहरु बस भित्रै पोलिएको अधिकारीहरुले जनाएका छन् ।

किन्ताम्पो सरकारी अस्पतालका चिकित्सक अवामे अर्हिमले दुर्घटनामा परी घाइते भएका २८ जनाको उपचार भइरहेको जानकारी दिए । उनका अनुसार घाइते मध्ये अधिकांशको टाउकोसहित शरिरका विभिन्न अङ्गमा चोट लाग्नुका साथै कतिपयको विभिन्न अङ्गमा पोलिएको छ ।

“घाइते भएर उपचार गराइरहेका २८ जना मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ,” उनले भने ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार एउटा बसका चालकले नियन्त्रण गुमाएपछि त्यो बस अर्को बससँग ठोक्किएपछि दुर्घटना भएको हो ।

ट्याग -  बस दुर्घटनामा परी कम्तिमा ६० को मृत्यु

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img