mobile

भ्रष्टाचारको अभियोगमा पूर्वराष्ट्रपति पक्राउ

By Anu Rana on Mar 24,2019 - 10:46

ब्राजिलका पूर्वराष्ट्रपति मिसेल टेमरलाई साओ पाउलोस्थित निजी निवासबाट पक्राउ गरिएको छ । राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

पूर्वराष्ट्रपति टेमरलाई अहिले त्यहाँको संघीय प्रहरीले रियो दि जेनेरियो लगिएको छ । सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बनेका टेमर पदमा बहालकै बेला भ्रष्टाचारको अभियोग लागेपछि पदमुक्त भएका थिए।

उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन्। प्रमुख राजनीतिज्ञमा पुर्वराष्ट्रपति लइज इनाकिओ जुला डा सिल्भा र पुर्व खनिज तथा उर्जा मन्त्री मोरेइरा फ्रान्सोलाई पनि यस्तै अभियोगमा गरिएको छ। पूर्वराष्ट्रपतिले भने आफुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्।

ट्याग -  भ्रष्टाचार , पक्राउ

SUGGESTED ARTICLES

img
भिटामिन ए र जुकाको औषधि खुवाउँदै

सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । सङ्घीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।


by RSS | Apr 19

img