mobile

कडा सुरक्षाबीच १९ बन्दीले दिए एसइई परीक्षा

By RSS on Mar 24,2019 - 14:02

विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् । 

लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख गणेश भण्डारीले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन युवा परीक्षामा सहभागी भएको बताउनुभयो । 

कारागार परिसरमा विद्यालयका शिक्षकले कैदी–बन्दीलाई परीक्षाको पूर्वतयारी गराइएको निमित्त प्रमुख भण्डारीले जानकारी दिनुभयो । एसइई परीक्षामा सहभागिताका लागि यस वर्ष पर्साबाट नियमिततर्फ सात हजार ८५७, पुनःपरीक्षातर्फ ३५० र प्राविधिक विषयतर्फ १८२ले फारम भरेका छन् । उक्त परीक्षाका लागि वीरगञ्ज महानगरपालिकाभित्र १४ र ग्रामीण क्षेत्रमा १० गरी जिल्लामा कूल २४ परीक्षा केन्द्र तोकिएको छ ।(रासस)

ट्याग -  एसइई परीक्षा ,

SUGGESTED ARTICLES

img
सामुदायिक विद्यालयमा सुधार

जिल्लाका सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएको छ । स्थानीय तह र गैरसकारी संस्थाको समन्वयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भएपछि शैक्षिक अवस्थामा सुधार आएको हो । पढाइ राम्रो हुँदैन, शिक्षक योग्य हुँदैनन् भन्ने सोचले यहाँका अभिभावक छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका थिए । विद्यालयमा हिजोआज विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा १७० सामुदायिक विद्यालय छन् ।


by RSS | May 21

img