mobile

प्रमले प्रतिनिधिसभामा सम्बोधन गर्ने

By RSS on Mar 24,2019 - 14:42

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै हुनुहुन्छ । बैठकलाई प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि आजै अन्त्य हँुदैछ । 

यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गर्नुभएको थियो । सभामुख कृष्णबहादुर महराले आजै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अवगत गराएपछि राजपका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गर्नुभएको थियो । (रासस)

ट्याग -  प्रतिनिधिसभा

SUGGESTED ARTICLES

img
प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको


by RSS | Apr 18

img