mobile

यो हप्ताको साप्ताहिक राशीफल  

By Anu Rana on Mar 24,2019 - 16:04

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ चैत १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल)

मेष (चुचेचोलालिलुलेलो)

मनग्य आम्दानी हुने नोकरी प्राप्त हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । पैतृक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । आकश्मिक धन तथा मानव निर्मित भौंतिक सम्पति लाभ हुँने योग रहेको छ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।   

वृष  (,,,,बा,बि,बु,बे बो)

शत्रुले शीर ठाडो गर्न दिने छैनन सतर्क रहनु होला । शीर झुकाएर काम नगर्नु होला । परिश्रमको परिणाम राम्रै निस्कनेछ । सवारी साधन चलाउँदा विशेष संयमता अपनाउनुहोला । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।बुधबार दिउसोबाट समय मध्ययम रहेकोले जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला । आमा तथा आफन्त सँग टाडिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।

मिथुन (का,कि,कु,,,,के,को,)

साता उत्साहप्रद तथा विभिन्न खाले मनोरञ्जनले बित्नेछ । धार्मिक भ्रमण गर्दा प्रेमिकाले नौलो धातु उपहार प्रदान गर्न सक्छिन् । पुख्र्याैली धन खर्च गरी सवारी साधन खरिद गर्नै मत मिल्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ भने  साथिभाईको सहयोगले कृतिमानी काम गर्ने समय रहेकोछ । पढाई लेखाईमा थोरै समय दिदा पनि राम्रो नतिजा ल्याउन सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

सहयोग गर्ने भन्दा याचना गर्ने बढि हुनेछन् । सुख,शान्ति कम मिल्नेछ । समस्या बढ्न सक्छ । अन्योलमा परिनेछ । अरुले कुरा काट्ने छन् । नयाँ योजना बनाई महत्वकाक्षी योजना सार्वजनिक गरे नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा टि,टु,टे)

यो साता पूर्वतर्फको यात्रा गर्ने अवसर जुर्नेछ । कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ, जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ । मन पराउने तथा प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनु नै आफ्नो हितमा हुनेछ । मंगलबारपछिका दिनहरूमा पूण्य आर्जन गर्न आस्था बढ्नेछ । आर्थिक रुपमा सम्पन्न हुने हुनाले घर परिवारका सबै आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने तथा पति पत्निबिच एक अर्कालार्ई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

कन्या (टो,,पि,पु,,,,पे,पो)

हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले सरकारि कामकाजमा ढिला सुस्ति हुँने योग रहेकोछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सक्रिय भएर काममा लाग्नु भयो भने सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आर्थिक सन्तुलन कायम रहनेछ । पराक्रम बढ्नेछ । माया प्रेममा एक अर्काबिच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।

 तुला (,रि,रु,रे,रो,ता,ति,तु,ते)

मेहनत, कर्मठ, लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन्, धैर्य भई कार्य गरेमा कार्य सम्पन्न गर्न सक्नुहुन्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार उपहार प्राप्त गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक यात्रामा जाँदा विशिष्ट व्यक्तिसँग  भलाकुसारी हुनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँनेछ । सरकारि तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ ।

वृश्चिक (तो,,ना,नि,नु,ने,नो,या,यि,यु)

सोमबार बिहान सम्मको समय मध्ययम रहेकोले गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।सोमबार दिउसोबाट समय तपाईकै पक्षमा आउने हुनाले समय राम्रो रहेकोले व्यापार व्यावासायमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।आकर्षक रोजगारी हात लाग्दा साथीभाइबीच चर्चित भइनेछ । ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको मौका जुर्नेछ ।

धनु (ये,यो,,भि,भु,,फा,,भे)

आफन्तबाट सहयोग मिल्नेछ । पूर्व संकल्प पुरा हुने देखिन्छ । काममा सहजता आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । आफन्तबाट सहयोग पाईनेछ । आम्दानीका स्रोत बढ्ने छन् । व्यापारमा सुधार आउनेछ । सोमबार दिउसोबाट बुधबार साझ सम्मको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । अन्य काममा व्यास्त हुँदा अध्ययन अध्यापनको पाटो कमजोर रहनेछ । चेलि तथा माईति बिचको सम्बन्धमा दुरि बढ्ने योग रहेकोछ ।

मकर (भो,,जि,खि,खु,खे,खो,गा,गि)

हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले प्रतिश्पर्धिहरु हर क्षेत्रमा हावि हुँनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । अध्ययन अध्यापनमा ध्यान केन्द्रित हुनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । सोमबार दिउसोबाट बुधबार सम्मको समय राम्रो रहेकोले जीवनसाथी सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने यात्रामा क्रममा मनमोहक दृष्यहरु कैद गर्न सकिनेछ ।  व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाफा हुँने योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,)

तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । प्रतिस्पर्धाबाट सफलाको इनाम प्राप्त हुनेछ । आवेशबाट गरिएका कार्यले परिणामको नजिक पुग्न कठिन हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बिहिबार तथा शुक्रबारको समय मध्ययम रहेकोले रमाईलो यात्रा गर्न सकिने भए पनि यात्राका क्रममा बाधा तथा अवरोधहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा नचाहादा नचाहादै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिले सहयोग नगर्दा उपलब्धि गुम्ने खतरा रहेकोछ ।

मीन (दि,दु,,,,दे,दो,,चि)

सोमबार बिहान सम्मको समय मध्ययम रहेकोले आफन्त,साथिभाई तथा आमाबाट छुट्टिएर लामो दुरिको यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुँनेछ । पढाई र सन्तानको चिन्ता छोडने छैन । दैनिक काम काजमा अवरोध आउन सक्छ । लगानीमा जोड नदिनु होला । वाहना बनाएर पैसा माग्न सक्छन् नदिनुहोला । कार्य क्षमतामा ह्रास आउनेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानि तथा व्यापार फस्टाएर जाने समय रहेकोछ ।

 

 

 

 

ट्याग -  साप्ताहिक राशीफल  

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img