mobile

सेरेना विलियम्सले मेड्रिड ओपनबाट नाम फिर्ता लिइन्

By Anu Rana on Mar 24,2019 - 16:09

विश्वको नम्बर वान महिला टेनिस खेलाड़ी अमेरिकाको सोरेना विलियम्सले मेड्रिड ओपनबाट नाम फिर्ता लिएकी छन्। आठ पटककी च्याम्पियन सेरेना विलियम्सको घुँडाको चोटका कारण उनले प्रतियोगिता नखेल्ने भएकी हुन् ।

२३ पटक ग्राण्डस्लाम उपाधि जितिसकेकी सेरेना स्वीडेनकी रेबेका पिटरसनलाई पराजित गर्दै तेस्रो चरणमा पुगेकी थिइन् । उनले अब अन्तिम २३ मा चीनकी २७ वर्षीया वाङ कियाङसँग खेल्नुपर्ने थियो । तर, चोटका कारण नाम फिर्ता लिएकी छन् ।

उनले पछिल्लो पटक २०१५ मा मायामी ओपनको उपाधि जितेकी थिइन् भने १०१७ मा अष्ट्रेलियन ओपन जितेकी थिइन् ।

यस्तै विश्व नम्बर एक नाओमी ओशाकाले भने ताइवानकी सी सा वेइसँग अप्रत्यासित हार व्यहोरेकी छन् । जापानकी २१ वर्षीया ओशाकाले सेरेनालाई हराएर पहिलो पटक यूएस ओपन जितेकी थिइन् । तर, यो पटक दुबैको भेट टरेको छ ।

ट्याग -  सेरेना विलियम्स , मेड्रिड ओपन ,

SUGGESTED ARTICLES

img
फुटबलको चर्चा तर पूर्वाधार निर्माणमा निराशाजनक वर्ष

यसैवर्ष दुईवटा घरेलु क्रिकेट प्रतियोगिताले नेपाली खेलाडीलाई केही राहत मिल्यो । अघिल्लो महीना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग र यसै महीना काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिगले नेपाली क्रकेटको दर्शक बढाउन सफल भयो । प्याराग्लाइडिङमा एतिहासिक रजत गत भदौमा इण्डोनेसियामा भएको एशियाली खेलकूद प्रतियोगिता (एसियाड) मा नेपालले २९ खेलमा भाग लियो ।


by RSS | Apr 15

img