mobile

हुवावेले आगामी अपि्रलमा स्मार्ट टिभी लञ्च गर्दै  

By Anu Rana on Mar 24,2019 - 16:10

समाचार अनुसार हुवावेले आगामी अपि्रलमा स्मार्ट टिभी लञ्च गर्ने तयारी गरेको छ । उक्त स्मार्ट टेलिभिजनमा डुअल क्यामरा सेटअप, सोसल तथा गेमिंग फिचर समेत रहनेछ । कम्पनीका अधिकारीका अनुसार एक वर्षमा १ करोड गोटा बिक्रि गर्ने लक्ष्यका साथ हुवावेले टेलिभिजन ल्याउन लागेको हो ।

५५ इन्च र ६५ इन्च गरी दुईवटा मोडेलमा हुवावेले स्मार्ट टिभी ल्याउनेछ भने ५५ इन्चको टिभीको आपूर्ति बेइजिंग ओरियन्टल इन्टरप्राइजेज र ६५ इन्चको टिभीको आपूर्ति शेनझेन चीन स्टार अप्टोइलेक्ट्रोनिक्स टेक्नोलोजी लिमिटेडले गर्ने बताइएको छ ।

सबैभन्दा महत्वपूर्ण कुुरा त के भने कम्पनीको ६५ इन्चको स्मार्ट टिभीले फाइभ जी नेटवर्क पनि सपोर्ट गर्नेछ ।

हुवावेले भविष्यमा होम टिभीमात्र नभएर व्यवसायिक टेलिभिजनको क्षेत्रमा पनि व्यवसाय विस्तार गर्ने योजना बनाएको बताइएको छ । यद्यपि कम्पनीले यसबारेमा कुनै आधिकारिक घोषणा भने गरेको छैन ।

ट्याग -  हुवावे स्मार्ट टिभी ,

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img