mobile

मुलुकी संहितासम्बन्धी विधेयक पेश

By RSS on Mar 24,2019 - 17:08

प्रतिनिधिसभामा ‘मुुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५ पेश भएको छ । 

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सो प्रतिवेदन पेश गर्नुभएको हो । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘पारमाणविक विधेयक,२०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । 

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक–२०७५’, ‘भूउपयोग विधेयक–२०७५’, ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक–२०७५’ र ‘विज्ञापन (नियमन गर्ने) विधेयक–२०७५’ टेबुल गर्नुभयो । 

सचिव योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारीसहित ‘लेखा परीक्षण विधेयक–२०७५’, ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक–२०७५’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक–२०७५’, ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक–२०७५ सहितको सन्देश बैठकमा जानकारी गराउनुभयो । 

बैठक १० मिनेटका लागि स्थगन गरिएको छ । प्रतिनिधिसभाको तेस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । (रासस)

ट्याग -  मुलुकी संहिता ,

SUGGESTED ARTICLES

img
भिटामिन ए र जुकाको औषधि खुवाउँदै

सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । सङ्घीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।


by RSS | Apr 19

img