mobile

विभिन्न सडकमा चिह्न लगाइने

By RSS on Mar 24,2019 - 18:19

सडक विभागले काठमाडौँ उपत्यकाका विभिन्न सडकमा चिह्न लगाउने भएको छ । जेब्राक्रसिङ, डिभाइडरलगायत सडक चिह्न आवश्यक भएका स्थानमा सडक चिह्न लगाउन लागिएको विभागले जनाएको छ । 

काठमाडाँैका चक्रपथलगायत मुख्य सडकहरुलाई लक्षित गरेर सडक चिह्न लगाउन लागिएको विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले बताउनुभयो । विभागले सडक रङ्गाउनका लागि रु दुई करोडको ठेक्का सम्झौता गरिसकेको छ । नयाँ विस्तार भएका सडकसँगै पुराना सडकमा चिह्न मेटिएका ठाउँमा नयाँ चिह्न लगाउन लागिएको हो । उहाँले भन्नुभयो, “ठेक्का प्रक्रिया अघि बढेकाले केही समयमा नै काम शुरु हुनेछ ।” 

सडक चिह्न हुँदा सडक सुरक्षा कायम हुने महानिर्देशक श्रेष्ठले बताउनुभयो । “कोटेश्वर–कलङ्की सडकमा चिह्न पर्याप्त नहुँदा सडक सुरक्षित नभएको विषय उठिरहेको थियो”, उहाँले भन्नुभयो, “सडक सुरक्षाकै लागि कतिपय ठाउँमा सडक चिह्न त कतिपय ठाउँमा आकाशे पुल निर्माण भइरहेको छ ।” विभागले काठमाडौँका मुख्य सडकमा आकाशे पुल र सडक पुल निर्माण शुरु गरेको छ । (रासस)

ट्याग -  सडक , चिह्न

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img