mobile

थाइल्यान्डमा आम निर्वाचन प्रारम्भ  

By Anu Rana on Mar 25,2019 - 16:04

थाइल्यान्डमा आमनिर्वाचन सम्पन्न भएको छ । सन् २०१४ मा थाई सेनाले सत्ताकब्जा गरेपछि पहिलोपटक आइतबार आमनिर्वाचन भएको हो । सेनाको र अपदस्थ गरिएका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकहरुबिचको द्वन्द्वको कारण थाइल्यान्डको राजनीति वर्षौंसम्म अस्थिर रहन पुगेको थियो ।

निर्वाचनमा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सैनिक पक्षधर र सत्ताच्यूत गरिएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकबीच राजनीतिक संघर्ष चलिरहेका वेला मतदान सम्पन्न भएको छ ।

आलोचकहरूको भनाइमा सेनाले जारी गरेको नयाँ संविधानले पछिल्लो मतदानबाट जस्तोसुकै परिणाम आए पनि सत्तामाथि सेनाको प्रभाव रहनेछ । नयाँ संसद्मा सेनाका व्यक्तिहरूको बाक्लो उपस्थितिलाई संविधानमै सुनिश्चित गरिएको छ । आइतबारको निर्वाचनमा पाँच करोडभन्दा बढी नागरिक मतदानका लागि योग्य थिए । निर्वाचनका लागि १८ देखि २६ वर्ष उमेर समूहका मात्र ७० लाख मतदाता मतदानका लागि योग्य थिए ।

निर्वाचनको पूर्वसन्ध्यामा थाई राजा भाजिरालंकर्णले एक विज्ञप्तिमार्फत मतदानका क्रममा ‘शान्ति सुव्यवस्था’ कायम गर्न आग्रह गरेका थिए ।

विद्यालय, मन्दिर, सरकारी कार्यालयलगायत ठाउँमा बिहानैदेखि मतदान गर्नेहरूको भिड लागेको थियो । निर्वाचनमा झन्डै ४० राजनीतिक दलले भाग लिएका थिए । निर्वाचनको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिंलक सिनावात्राको थाई रक्षा चार्ट पार्टीलाई अदालतले प्रतिबन्ध लगाएकाले सो पार्टी निर्वाचनमा सहभागी हुन पाएन । 

यस चुनावमा सेना र थाक्सिन समर्थित पार्टीहरुबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सन् २००६ मा सेनाबाट अपदस्थ गरिएयता सिनावात्रा अधिकार दुरुपयोग गरेको अभियोगबाट बच्नका लागि स्वनिर्वासित जीवन बिताउँदै आएका छन् । तर अझैपनि ग्रामिण क्षेत्रका थुप्रै गरिब मतदाता प्रति प्रभाव रहेको छ । सन् २००१ देखि प्रत्येक चुनाव थाक्सिन समर्थित पार्टीहरुले जित्दै आएको इतिहास रहेको छ । यसपालिको चुनावमा थाक्सिन समर्थित प्रमुख पार्टी फ्यु थाइ रहेको छ ।

थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैनिक सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिंलकको सत्तामा पुनरागमन भएको थियो । तर, उनलाई पनि भ्रष्टाचार आरोपमा सत्ताबाट हटाइएको थियो । पाँच वर्षदेखि सैनिक जनरल प्रयुत चान–ओ–चाले सरकारको नेतृत्व गरेका छन् । उनी पनि निर्वाचनमा उम्मेदवार बनेका छन् ।   

ट्याग -  आम निर्वाचन ,

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img