mobile

उच्च रक्तचाप भएकाले खानै पर्ने पाँच खाना

By Anu Rana on Mar 25,2019 - 16:06

गलत खानपान, व्यस्त दिनचर्या, कामको दबाब र तनावको असर मानिसको स्वास्थ्यमा पर्छ। जसले गर्दा कतिपयलाई उच्च रक्तचापको समस्या देखापर्छ। उच्च रक्तचापको समस्या भएकाका लागि फाइदाजनक खानेकुराः

खरबुजा

खरबुजामा पाइने तत्त्वले रक्तचाप कम गर्न मद्दत गर्छ। फाइबर, भिटामिन ‘ए’ यसमा प्रचुर मात्रामा हुन्छन्। रक्तचाप नियन्त्रण गर्न यी तत्त्व प्रभावकारी हुन्छन्।

पालुंगो

पालुंगो स्वास्थ्यका लागि लाभकारी छ। यसमा फाइबर, पोटासियम, म्याग्नेसियमलगायत पोषक तत्त्व पाइन्छन्, जसले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छन्।

सुन्तला

सुन्तलाले रक्तसम्बन्धी विभिन्न समस्याबाट छुटकारा दिलाउँछ। यसमा फाइबर र भिटामिन ‘सी’ पाइन्छ। यो स्वास्थ्यका लागि लाभदायी छ। 

गाजर

उच्च रक्तचाप भएकाहरूका लागि गाजर फाइदाजनक छ। यसमा पाइने तत्त्वले उच्च रक्तचाप कम गर्न सहयोग पुर्‍याउँछ। गाजरको जुस लाभदायी छ।

चुकन्दर

रक्त सञ्चारलाई राम्रो बनाउन चुकन्दर सहयोगी छ। चुकन्दरको जुस खाँदा रक्तचाप सामान्य रहन्छ।

ट्याग -  उच्च रक्तचाप ,

SUGGESTED ARTICLES

img
६ खाना जसले क्यान्सर निम्त्याउँछ

बजारमा पाइने जंक फुड अर्थात् फास्ट फुड क्यान्सर निम्त्याउने महत्वपूर्ण कारक हुन् भन्ने तथ्य बेलाबेलामा सार्वजनिक भइनै रहन्छन् ।


by Anu Rana | Apr 19

img